IME Life New

अब्बल बन्दै प्रभु महालक्ष्मी लाइफ, जीवन बीमा कोष १३ अर्ब माथि पुग्दा व्यापार २३% ले बढ्यो

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले गतआर्थिक वर्ष २०८१ /८२को चौथोत्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । ५ अर्ब १० करोड शेयर पूँजी भएको कम्पनीले गतआर्थिक वर्षको चौथो त्रैमाससम्ममा ३७ करोड ७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३६ करोड ६१ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा १.२५ प्रतिशतले वृद्धि भएको हो ।

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म कम्पनीले शेयर प्रिमियममा सिर्षकमा १ करोड ९३ लाख रुपैयाँ संचित गरेको छ । यस अवधिमा कम्पनीको महाविपत्तीकोषमा ११ करोड  रुपैयाँ रहेको छ । यस अवधिमा कम्पनीको रिटेण्ड अर्निङ्गमा ५१ करोड ४१ लाख रुपैयाँ रहेको छ ।

Crest

त्यस्तै, आर्थिक वर्ष २०८०/८१को असार मसान्तसम्ममा कम्पनीको जीवन बीमाकोषमा १० अर्ब ११ करोड रहेको थियो । अघिल्लो आर्थिक वर्षको असार मसान्तको तुलनामा गतआर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीको जीवन बीमाकोषको आकार ३६.७५ प्रतिशतले वृद्धि भएर १३ अर्ब ८३ करोड पुगेको छ ।

गत आर्थिक वर्ष २०८१ /८२को चौथो त्रैमाससम्ममा कम्पनीले ५ अर्ब ३७ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । अघिल्लोआर्थिक वर्षको सोही अवधिमा कम्पनीले ४ अर्ब ३७ करोड कुल बीमा शुल्क आर्जन गरेको थियो । अघिल्लोआर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमा शुल्क आर्जन २२.८९ प्रतिशतले वृद्धि भएको हो ।

कम्पनीले पुनर्बीमा मार्फत १९ करोड ३६ लाख रुपैयाँ खर्चिएको छ । अघिल्लोआर्थिक वर्षको सोही अवधिमा कम्पनीले १३ करोड ४३ लाख रुपैयाँ पुनर्बीमा मार्फत खर्चिएको थियो ।

कम्पनीले यस अवधिमा ५ अर्ब १७ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । अघिल्लोआर्थिक वर्षको सोही अवधिमा कम्पनीले ४ अर्ब २३ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन २२.२२ प्रतिशतले वृद्धि भएको हो ।

समिक्षा अवधिमा कम्पनीले ५३ करोड ६ लाख रुपैयाँ अभिकर्ता कमिशन मार्फत खर्चिएको छ । अघिल्लोआर्थिक वर्षको सोही अवधिमा कम्पनीले ४८ करोड ९५ लाख रुपैयाँ खर्चिएको थियो ।

कम्पनीले बीमा पोलिसी धितोमा राखी १ अर्ब २१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासमा कम्पनीले १ अर्ब १ करोड कर्जा प्रवाह गरेको थियो । समिक्षा अवधिमा पोलिसी धितो राखी कम्पनीले प्रवाह गरेको कर्जा १९.६१ प्रतिशतले वृद्धि भएको हो ।

यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ७.२६ रुपैयाँ रहेको छ भने प्रति शेयर नेटवर्थ ११५.९२ रुपैयाँ रहेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS