काठमाडौं । संघीय संसदमा आज प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२।८३ को नीति तथा कार्यक्रम प्रस्तुत गरिने भएको छ।
बैठक दिउँसो ३ बजे बजे डाकिएको छ। बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन्।
यही वैशाख २२ देखि २८ गतेसम्म सरकारको नीति तथा कार्यक्रममाथि छलफल गरी पारित गर्ने कार्यसूची संघीय संसद् सचिवालयले तय गरिसकेको छ। वैशाख ३० गते विनियोजन विधेयकमाथिको सिद्धान्त र प्राथमिकता सम्बन्धमा छलफल प्रारम्भ हुनेछ।
संवैधानिक व्यवस्थाअनुसार सरकारले आउँदो जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट ल्याउनेछ।

















