IME Life New

भोलिबाट ३ लाख ९१ हजार बढी कित्ता अवितरित हकप्रद शेयर बिक्री गर्दै पिपुल्स पावर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पिपुल्स पावरले भोलि भदौ १५ गतेबाट ३ लाख ९१ हजार बढी कित्ता अवितरित हकप्रद शेयर बिक्री गर्ने भएको छ। कम्पनीले गत असार २२ गतेदेखि साउन २६ गतेसम्म आफ्ना शेयरधीहरुलाई हकप्रद शेयर बिक्री खुला गरेको थियो। त्यतिबेला बिक्री हुन बाँकी रहेको ३ लाख ९१ हजार ७७९ कित्ता शेयर कम्पनीले लिलामी प्रक्रियामार्फत बिक्री खुला गर्न लागेको हो।

यो शेयरमा इच्छुक जोकोही व्यक्ति तथा संस्थाले खरिदका लागि बोलपत्र पेस गर्न सक्नेछन्। बिक्रीमा राखिएको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ राखिएको छ। बोलपत्र पेस गर्दा लगानीकर्ता न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गरी बिक्री गर्नुपर्नेछ।

Esewa
Crest

बोलपत्र पेस गर्दा न्यूनतम १०० कित्ताका लागि आवेदन दिनुपर्नेछ। अधिकतम संख्याका लागि कुनै हद लाग्ने छैन।

शेयर खरिदका लागि बोलपत्र यही भदौ २२ गतेसम्म पेस गर्नुपर्नेछ। बोलपत्र धितोपत्र बिक्री प्रबन्धक प्रभु क्यापिटलको काठमाडौं कमलादीस्थित कार्यालयका साथै प्रभु बैंकका शाखाहरु विराटनगर, वीरगन्ज, हेटौँडा, पोखरा, बुटवल, सुर्खेत र धनगढीमा पेस गर्न सकिनेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS