IME Life New

तेलको उत्पादन नबढाउने ओपेक प्लसको निर्णयपछि मूल्यमा उछाल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पेट्रोलियम निर्यातकर्ता देशहरुको संगठन (ओपेक प्लस)ले अक्टोबर २०२६ का लागि आफ्नो तेल उत्पादन लक्ष्य परिवर्तन नगर्ने निर्णय गरेको छ। आइतबारमा आयोजित भर्चुअल बैठकमा समूहका सात प्रमुख देशले अक्टोबरका लागि सेप्टेम्बर उत्पादन स्तर कायम राख्न सहमति जनाएका हुन्।

यो निर्णय यस्तो समयमा आएको हो जब पश्चिम एसियामा जारी द्वन्द्व र होर्मुज जलमार्गबाट तेल निर्यातमा अवरोधले विश्वव्यापी तेल बजारमा चिन्ता बढाएको छ। यो निर्णयपछि सोमबार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको छ।

Esewa
Crest

ओपेक देशहरुले के निर्णय गरे ?
ओपेसकका अनुसार साउदी अरेबिया, रुस, इराक, कुवेत, काजाकिस्तान, अल्जेरिया र ओमानले बैठकमा भाग लिए। यी सात देशले अक्टोबरका लागि सेप्टेम्बरकै उत्पादन लक्ष्य कायम राख्ने निर्णय गरेका छन्।

ओपेक प्लसले भनेको छ कि सात देशहरुले विश्वव्यापी तेल बजारको अवस्था र भविष्यको अनुमानको समीक्षा गर्न मासिक बैठक गर्नेछन्। अर्को बैठक अक्टोबर ४ मा हुनेछ।

प्रत्येक देशले कति तेल उत्पादन गर्छ ?
अक्टोबर उत्पादन कार्यक्रमअन्तर्गत श्रसको उत्पादन लक्ष्य प्रतिदिन ९.९४९ मिलियन ब्यारेल हुनेछ। साउदी अरेबियाको लक्ष्य प्रतिदिन १०.४७८ मिलियन ब्यारेल छ। अन्य देशहरुका लागि उत्पादन लक्ष्यहरु यस प्रकार छन्ः

इराकः प्रतिदिन ४.४३१ मिलियन ब्यारेल
कुवेतः प्रतिदिन २.६७६ मिलियन ब्यारेल
काजाकिस्तानः प्रतिदिन १.६२८ मिलियन ब्यारेल
अल्जेरियाः प्रतिदिन १.००७ मिलियन ब्यारेल
ओमानः प्रतिदिन ८.४१ मिलियन ब्यारेल

होर्मुज संकटबीच लिइएको निर्णय
क्षतिपूर्ति उत्पादनबाहेक यी सात देशका लागि अक्टोबरको संयुक्त उत्पादन लक्ष्य प्रतिदिन लगभग ३१.०१ मिलियन ब्यारेल हुनेछ। ओपेक प्लसले व्यापक उत्पादन सम्झौताको पालना गर्ने आफ्नो प्रतिबद्धता पनि दोहोर्याएको छ।

ओपेक प्लसको यो निर्णय यस्तो समयमा आएको छ जब इरान युद्धले विश्वका लागि महत्वपूर्ण तेल ढुवानीमार्ग होर्मुजमार्फत तेल आवागमनमा बाधा पुर्याइरहेको छ।

अगस्टको सुरुमा ओपेक प्लसले सेप्टेम्बरका लागि तेल उत्पादन बढाउने निर्णय गरेको थियो। यससँगै समूहले सन् २०२३ मा लागू गरिएको थप १.६५ मिलियन ब्यारेल प्रतिदिन उत्पादन कटौतीको चरणबद्ध फिर्ता पूरा गरेको छ।

यद्यपि २१ ओपेक प्लस सदस्य देशहरुमध्ये धेरैजसोका लागि सन् २०२६ को अन्त्यसम्म अर्को उत्पादन कटौती लागू हुनेछ। यी कटौती फिर्ता लिनुअघि समूहले सदस्य देशहरुको वास्तविक उत्पादन क्षमताको मूल्यांकन गर्नुपर्नेछ। त्यसपछि २०२७ का लागि नयाँ उत्पादन आधारहरु सेट गरिनेछ।

ओपेक प्लसको निर्णयपछि सोमबार कच्चा तेलको मूल्य बढ्यो। बिहान ब्रेन्ट कच्चा तेलको मूल्य १.४७% ले बढेर प्रतिब्यारल ९७.७० डलर मा पुगेको थियो। डब्ल्यूटीआई कच्चा तेल पनि १.४९% ले बढेर ९२.८४ डलर पुगेको थियो। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS