काठमाडौं । एनएमबि क्यापिटल योजना व्यवस्थापक रहेको दुई म्युचुअल फन्डको आर्थिक वर्ष २०८१।८२ का लागि लाभांश घोषणा गरिएको छ।
क्यापिटल सञ्चालक समितिको बैठकले एनएमबि–५० र एनएमबि सुलभ इन्भेस्टमेन्ट फन्ड–२ को उक्त आर्थिक वर्षको मुनाफाबाट इकाइधनीहरुलाई नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसअनुसार इकाइधनीहरुलाई करसहित दुवै योजना १५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय बैठकले गरेको छ।
दुवै योजनाको लाभांश वितरण गर्नका लागि क्यापिटलले भदौ १३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ भदौ १३ गतेभन्दा अघिसम्म कायम इकाइधनीहरुले मात्रै यी दुवै योजनाको लाभांश पाउनेछन्।
क्यापिटलले सञ्चालन गरेको एनएमबि हाइब्रिड फन्ड एल–१को भने उक्त आर्थिक वर्षका लागि लाभांश वितरण नगरिने जनाएको छ।

















