IME Life New

एनएमबि क्यापिटलका दुई योजनाको लाभांश घोषणा, बुक क्लोजको मिति पनि तय

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनएमबि क्यापिटल योजना व्यवस्थापक रहेको दुई म्युचुअल फन्डको आर्थिक वर्ष २०८१।८२ का लागि लाभांश घोषणा गरिएको छ।

क्यापिटल सञ्चालक समितिको बैठकले एनएमबि–५० र एनएमबि सुलभ इन्भेस्टमेन्ट फन्ड–२ को उक्त आर्थिक वर्षको मुनाफाबाट इकाइधनीहरुलाई नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसअनुसार इकाइधनीहरुलाई करसहित दुवै योजना १५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय बैठकले गरेको छ।

Esewa
Crest

दुवै योजनाको लाभांश वितरण गर्नका लागि क्यापिटलले भदौ १३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ भदौ १३ गतेभन्दा अघिसम्म कायम इकाइधनीहरुले मात्रै यी दुवै योजनाको लाभांश पाउनेछन्।

क्यापिटलले सञ्चालन गरेको एनएमबि हाइब्रिड फन्ड एल–१को भने उक्त आर्थिक वर्षका लागि लाभांश वितरण नगरिने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS