IME Life New

नेपालले थप २० मेगावाबाट बिजुली बंगलादेश निर्यात गर्न सहमति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालले अन्तरदेशिय विद्युत प्रशारण लाइनमार्फत भारत हुँदै बंगलादेशमा थप २० मेगावाट विद्युत निर्यात गर्ने भएको छ ।

बंंगलादेशको ढाकामा बिहीबार सम्पन्न नेपाल–बंगलादेश ऊर्जा सचिवस्तरीय संयुक्त बैठकले थप २० मेगावाट विद्युत निर्यात गर्ने सहमति भएको हो । यो सहमति दुबै देशको सरकारले नीतिगत निर्णय गरेपछि खरिद बिक्री सम्झाैतासँगै कार्यान्वयनमा अाउनेछ। सहमति कार्यान्वयनमा अाएसँगै अब नेपालले बंगलादेशमा कुल ६० मेगावाट बिजुली निर्यात गर्ने बाटो खुल्नेछ।

Esewa
Crest

बैठकले सुनकोशी–३ जलविद्युत आयोजनामा लगानी प्रक्रिया अगाडि बढाउन बंगलादेशले विशेषज्ञ समिति गठन गरी मूल्याङ्कन गर्ने र संयुक्त उपक्रमको स्वरूप टुंग्याउने निर्णयसमेत गरेको छ ।

बैठकमा नेपाल–भारत–बंगलादेशबीच त्रिदेशिय प्रसारण लाइनमार्फत विद्युत विनिमयको सम्भाव्यता अध्ययन गर्ने र विशेष गरी नेपालबाट भारत हुँदै बंगलादेशका बरापुकारिया, पञ्चगढरठाकुरगञ्ज, भेरामारा र कोसमलला सबस्टेशनसम्म ऊर्जा प्रवाह गर्ने सम्भावनाको मूल्याङ्कन गर्ने निर्णय पनि भएको छ।

दुबै देशले नवीकरणीय ऊर्जा र ऊर्जा दक्षता सम्बन्धी आफ्नो आन्तरिक प्रक्रिया पुरा गरेर हस्ताक्षर गर्ने र नेपाललाई ऊर्जा संरक्षण, चार्जिङ, रूफटप सोलार लगायतका क्षेत्रमा प्राविधिक सहयोग प्रदान गर्ने र क्षमता अभिवृद्धिका लागि काठमाडौंमा र बंगलादेशमा तालिम सञ्चालन गरिने सहमति भएको छ।

यसबाहेक बैठकले त्रिपक्षीय ऊर्जा सहकार्यमा भारतको सहमति जुटाउन दुबै देशले संयुक्त पहल गर्ने निर्णय भएको उर्जा मन्त्रालयले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS