काठमाडौं । नेपाल बीमा प्राधिकरण कोशी प्रदेशले आज अभिकर्ता परीक्षा सञ्चालन गर्दैछ। प्राधिकरणले आज साउन २५ गते आइतबार सो परीक्षा सञ्चालन गर्न लागेको जनाएको छ । सो परीक्षा दिनको ३ बजेबाट ४ः३० बजेसम्म सञ्चालन हुनेछ ।
बीमा ऐन २०७९ अनुसार बीमा मध्यस्थकर्ताको परीक्षा लिएर मात्रै इजाजतपत्र दिने व्यवस्था भए बमोजिम जीवन बीमा अभिकर्ताको परीक्षा सञ्चालन गर्न लागेको हो ।


















