IME Life New

नबिल बैंकको नाफा ३३.५० प्रतिशतले बढ्यो, अधिकांश सूचकमा प्रगति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले प्रकानश गरेको वित्तीय विवरण अनुसार बैंकको खुद नाफा लगायतका सूचकहरुमा प्रगति देखिएको छ।

यस अवधिमा बैंकले ७ अर्ब ९० करोड ५७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा बैंकको खुद नाफा ५ अर्ब ९२ करोड २१ लाख रुपैयाँ आर्जन गरेको थियो । अघिल्लो वर्षको यसै अवधिको तुलनामा बैंकको नाफा ३३.५० प्रतिशतले बढी हो ।

Esewa
Crest

त्यस्तै, यस समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी पनि बढेको छ । यस अवधिमा बैंकले १७ अर्ब ९२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्षको यसै अवधिमा बैंकले १६ अर्ब ३२ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

गत असार मसान्तसम्मको खुद वितरणयोग्य नाफा ४ अर्ब ६९ करोड रुपैयाँ रहेको छ । कर्जा नोक्सानी व्यवस्था (इम्पेरमेन्ट चार्ज) अघिल्लो आर्थिक वर्षको ४ अर्ब २० करोड रुपैयाँबाट घटेर २ अर्ब ६७ करोड रुपैयाँमा झरेको छ ।जसले खुद नाफामा टेवा पुगेको हो ।

यस अवधिसम्ममा बैंकको कुल सम्पत्तिको आकार ७ खर्ब ३४ अर्ब रुपैयाँ छ। बैंकको चुक्ता पूँजी ३२ अर्ब ५ करोड ६९ लाख रुपैयाँ पुगेको छ गत आर्थिक वर्षको अन्त्यसम्ममा निक्षेप संकलन १२.९५ प्रतिशतले बढेर ५ खर्ब ९२ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ । कर्जा लगानी १२ प्रतिशतले बढेर ४ खर्ब ६० अर्ब ३१ करोड रुपैयाँ पुगेको छ।

यस अधिसम्ममा बैंकको खराब कर्जा घटेर ४.२० प्रतिशतमा कायम भएको छ । यस अवधिमा प्रतिशेयर आम्दानी २८ रुपैयाँ ३६ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS