काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा १३ लाख ६३ हजार बढी कित्ता शेयर थपिएको छ।
नेप्सेमा आज मान्डु हाइड्रोपावरको बोनस शेयर सूचीकृत भएको हो। जसअनुसार कम्पनीको १३ लाख १६ हजार ६३७ कित्ता बोनस शेयर सूचीकृत भएको छ।
अघिल्लो आर्थिक वर्षमा कम्पनीले आफ्ना शेयरधनीहरुलाई १० प्रतिशत बोनस शेयर वितरण गरेको थियो।












