IME Life New

पहिरो र लेदोले मुग्लिन नारायणगढ सडक अवरूद्ध, जानकारी लिएर मात्र यात्रा गर्न सुझाव

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सडक डिभिजन कार्यालय भरतपुरले मुग्लिन नारायणगढ सडक खण्ड सोमबार साँझदेखि दुईतर्फी अवरुद्ध हुन पुगेको जानकारी दिएको छ।

कार्यालयले साँझ सामाजिक सञ्जालमार्फत् सूचना दिंदै मुग्लिन नारायणगढ सडक खण्डको तुईन खाेलामा ढुंगा झरीरहेकाे र सेती दाेभानमा माथिबाट लेदाे आई सवारी आवनगमन दुईतर्फि अवरुद्ध बनेको छ ।

Esewa
Crest

कार्यालयका अनुसार,  निरन्तर ठुलाे वर्षाकाे कारण सडकबाट पहिरो पन्छाउन समस्या भईरहेकाे छ । सडक अवरुद्ध हुँदा राजमार्गमा राेकिएर बसेका सवारीसाधनहरू सुरक्षित स्थानतर्फ फर्किन अनुरोधन गरेको छ।

कार्यालयले भनेको छ,  निरन्तर वर्षा भैरहेकाेले सडकको अवस्था बुझेर मात्रै सुरक्षित यात्रा गर्नुहुन सम्पूर्णलाई हार्दिक आग्रह गरिन्छ ।

मुग्लिन नारायणगढ सडक खण्ड काठमाडाैंलाई तराईका जिल्लासँग जोड्ने त्रिभूवन राजमार्गको महत्वपूर्ण तर संवेदनशील खण्ड हो। यो सडक खण्डमा हरेक वर्ष वर्षाका समयमा पहिरोका कारण सडक दुर्घटना निरन्तर भइरहेको हुन्छ।

तस्वीरः सडक डिभिजन कार्यालयको फेसबुक पेजको भिडियोबाट लिइएको स्क्रिन सट।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS