IME Life New

पुसका लागि अधिकांश बैंकहरुले घटाए ब्याजदर, केहीको मात्र स्थिर

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । बैंकहरुले पुस महिनाका लागि लागू हुने नयाँ ब्याजदर आज सार्वजनिक गरेका छन्। हालम्म प्राप्त सूचनाअनुसार अधिकांश वाणिज्य र विकास बैंकहरुले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् भने थोरैले स्थिर राखेका हुन्।

यो समाचार तयार गर्दासम्म प्राप्त १८ वटा वाणिज्य बैंकको सूचनाका आधारमा १४ वटाले पुसका लागि व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् भने ४ वटाले स्थिर राखेका छन्। ब्याजदर घटाउने वाणिज्य बैंकहरुमा कृषि विकास बैंक, कुमारी बैंक, एभरेष्ट बैंक, ग्लोबल आइएमई बैंक, राष्ट्रिय वाणिज्य बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, सानिमा बैंक, प्रभु बैंक, प्राइम बैंक, नेपाल एसबीआई बैंक, हिमालयन बैंक, नबिल बैंक, लक्ष्मी सनराइज बैंक र नेपाल बैंक रहेका छन्।

Crest

पुसका लागि व्यक्तिगत मुद्दति निक्षेपमा अधिकत ब्याजदर कृषि विकास बैंकले ४.५५ प्रतिशत, कुमारी बैंकले ४.३३ प्रतिशत, एभरेष्ट बैंकले ४.७५ प्रतिशत, ग्लोबल आइएमई बैंकले ५.५ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकले ५ प्रतिशत, स्ट्यान्डर्ड चार्टर्ड बैंकले ४.६ प्रतिशत, सानिमा बैंकले ४.७५ प्रतिशत, प्रभु बैंकले ४.५५ प्रतिशत, प्राइम बैंकले ४.२५ प्रतिशत, नेपाल एसबीआई बैंकले ४.५५ प्रतिशत, हिमालयन बैंकले ४ प्रतिशत, नबिल बैंकले ४.५५ प्रतिशत, लक्ष्मी सनराइज बैंकले ४.७५ प्रतिशत र नेपाल बैंकले ५.१० प्रतिशत कायम गरेका छन्।

यसअघि मंसिरमा कृषि विकास बैंकले ४.७० प्रतिशत, कुमारी बैंकले ४.७१ प्रतिशत, एभरेष्ट बैंकले ५ प्रतिशत, ग्लोबल आइएमई बैंकले ६ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकले ५.५ प्रतिशत, स्ट्यान्डर्ड चार्टर्ड बैंकले ४.७ प्रतिशत, सानिमा बैंकले ५ प्रतिशत, प्रभु बैंकले ४.९५ प्रतिशत, प्राइम बैंकले ४.७५ प्रतिशत, नेपाल एसबीआई बैंकले ४.८० प्रतिशत, हिमालयन बैंकले ५.५ प्रतिशत, नबिल बैंकले ४.७५ प्रतिशत, लक्ष्मी सनराइज बैंकले ५ प्रतिशत र नेपाल बैंकले ५.२५ प्रतिशत दिएका थिए।

यसैगरी पुसमा मंसिरकै ब्याजदरलाई निरन्तरता दिने वाणिज्य बैंकहरुमा सिद्धार्थ बैंक, माछापुच्छ्रे बैंक, एनएमबि बैंक र एनआईसी एसिया बैंक छन्। अब पुसमा यी चारवटै बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ५ प्रतिशत ब्याजदर नै कायम गरेका छन्।

उता राष्ट्रियस्तरका अधिकांश बैंकहरुले पनि पुसका लागि ब्याजदर घटाएका छन्। ब्याजदर घटाउनेमा मुक्तिनाथ, लुम्बिनी, कामना सेवा, सांग्रिला र गरिमा छन्। पुसका लागि व्यक्तिगत मुद्दति निक्षेपमा मुक्तिनाथ र लुम्बिनीले ५.५ प्रतिशत तथा कामना सेवा, सांग्रिला र गरिमाले ५.५५ प्रतिशत ब्याजदर कायम गरेका छन्। मंसिरमा मुक्तिनाथले ५.६५ प्रतिशत तथा लुम्बिनी, कामना सेवा, सांग्रिला र गरिमाले ५.६४ प्रतिशत ब्याज दिएका थिए।

महालक्ष्मी विकास बैंकले भने मंसिरकै ब्याजदरलाई पुसमा निरन्तरता दिएको छ। यो बैंकले पुसमा पनि व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ५.८० प्रतिशत ब्याजदर कायम गरेको हो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS