काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले अर्थ मन्त्रालयको काम कारवाहीबारे कुनै गुनासो भए जानकारी गराउन सर्वसाधारणसँग आग्रह गरेको ६ घण्टामै १६६ वटा गुनासा इमेलमार्फत दर्ज गरिएको छ।
अर्थमन्त्री खनालका अनुसार, अर्थ मन्त्रालयको गुनासो मेलबक्स र उनको आधिकारिक इमेल आईडीमा प्राप्त भएको छ।
मन्त्री खनालले प्राप्त इमेलमध्ये दुई दर्जन इमेलहरूको जवाफ दिइएको बताएका छन् । र, ती मध्ये धेरैजसोमा कारवाही गरिएको छ।
इमेलमार्फत प्राप्त बाँकी गुनासोलाई सकेसम्म चाँडो प्रतिकृया दिइने उनले आश्वासन दिए। यसले व्यक्तिरसंस्थाहरूले सामना गरेका समस्याहरूको समाधान खोज्न सिंहदरबार धाउनुपर्ने बाध्यतालाई हटाउने उनको विश्वास छ।
अर्थ मन्त्रालयले अर्थमन्त्रीको आधिकारिक ईमेल [email protected] वा मन्त्रालयको [email protected] मा सिधै आफ्ना गुनासाहरू ईमेल गर्न सकिने व्यवस्था मिलाएको छ ।
गुनासो व्यवस्थापनलाई थप प्रभावकारी बनाउन सम्पर्क व्यक्तिहरू समेत तोकिएका छन् । यसका लागि उपसचिव निरन भट्टराईलाई ९८५१४०५२६५ र शाखा अधिकृत पवित्रा जवालीलाई ९८५१४०५२७५ नम्बरमा सम्पर्क गर्न सकिने मन्त्रालयले जनाएको छ ।

















