IME Life New

अर्थमन्त्रालयमा ६ घण्टामा १६६ वटा गुनासो प्राप्त, दुई दर्जन गुनासोमा कारवाही

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले अर्थ मन्त्रालयको काम कारवाहीबारे कुनै गुनासो भए जानकारी गराउन सर्वसाधारणसँग आग्रह गरेको ६ घण्टामै १६६ वटा गुनासा इमेलमार्फत दर्ज गरिएको छ।

अर्थमन्त्री खनालका अनुसार, अर्थ मन्त्रालयको गुनासो मेलबक्स र उनको आधिकारिक इमेल आईडीमा प्राप्त भएको छ।

Esewa
Crest

मन्त्री खनालले प्राप्त इमेलमध्ये दुई दर्जन इमेलहरूको जवाफ दिइएको बताएका छन् । र, ती मध्ये धेरैजसोमा कारवाही गरिएको छ।

इमेलमार्फत प्राप्त बाँकी गुनासोलाई सकेसम्म चाँडो प्रतिकृया दिइने उनले आश्वासन दिए। यसले व्यक्तिरसंस्थाहरूले सामना गरेका समस्याहरूको समाधान खोज्न सिंहदरबार धाउनुपर्ने बाध्यतालाई हटाउने उनको विश्वास छ।

अर्थ मन्त्रालयले अर्थमन्त्रीको आधिकारिक ईमेल [email protected] वा मन्त्रालयको  [email protected] मा सिधै आफ्ना गुनासाहरू ईमेल गर्न सकिने  व्यवस्था मिलाएको छ ।

गुनासो दर्ताका लागि टोल फ्री हटलाइन १८१०५०००४१० समेत उपलब्ध गराएको छ । मन्त्रालयले सेवाग्राहीले कुनै पनि कठिनाई भोग्नुपरेमा वा कर्मचारीबाट गैरजिम्मेवारपूर्ण व्यवहार भएमा तत्काल जानकारी गराउन आग्रह गरेको छ ।

गुनासो व्यवस्थापनलाई थप प्रभावकारी बनाउन सम्पर्क व्यक्तिहरू समेत तोकिएका छन् । यसका लागि उपसचिव निरन भट्टराईलाई ९८५१४०५२६५ र शाखा अधिकृत पवित्रा जवालीलाई ९८५१४०५२७५ नम्बरमा सम्पर्क गर्न सकिने मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

83%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

17%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS