IME Life New

दुई वर्षपछि न्यूनत्तम पारिश्रमिक पुनरावलोकन, न्यूनत्तम तलब रू १९,५५०

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रमिक तथा कर्मचारीको न्यूनत्तम पारिश्रमिक पुनरावलोकन गरेको छ।

मन्त्रालयले बिहीबार एक विज्ञप्ती जारी गर्दै असार ३२ गतेको मन्त्री स्तरिय निर्णयबाट साउन १ गतेदेखि लागू हुने गरी श्रमिक तथा कर्मचारीको न्यूनत्तम पारिश्रमिक वृद्धि गरिएको जानकारी दिएको छ।

Esewa
Crest

मन्त्रालयका अनुसार, मासिक तलबमा खटिने मजदुर, कर्मचारीले न्यूनत्तम कुल १९ हजार ५५० रूपैयाँ तलब प्राप्त गर्नेछन्। यो रकममध्ये १२ जार १७० रूपैयाँ अाधारभुत पारिश्रमिक र बाँकी महँगी भत्ता निर्धारण गरिएको छ।

यसअघि २०८० साउन १ गतेदेखि लागू हुने गरी सरकारले २०८० साउन ३२ गते न्यूनत्तम मासिक पारिश्रमिक आधारभूत तलब रू. १० हजार ८२० सहित १७ हजार ३०० रूपैयाँ तोकेको थियो।

यसैगरी दैनिक ज्यालादारी मजदुरले आधारभूत पारिश्रमिकवापत रू ४७० सहित दैनिक कुल ७५४ रूपैयाँ पाउने गरी न्यूनत्तम पारिश्रमिक निर्धारण गरिएको छ।

घण्टेका हिसाबले खटिने कामदारले प्रति घण्टा १०१ रूपैयाँ पारिश्रमिक पाउने गरी न्यूनत्तम अंक निर्धारण गरिएको छ। आंशिक समय मात्र काम गर्ने कामदारको हकमा प्रति घण्टा १०७ रूपैयाँ पारिश्रमिक तय गरिएको छ।

मन्त्रालयले न्यूनत्तम पारिश्रमिक निर्धारण समितिको सिफारिशका आधारमा न्यूनत्तम पारिश्रमिक परिमार्जन गरेको हो। श्रम ऎन २०७४ को दफा १०७ मा प्रत्येक दुई वर्षमा पारिश्रमिक तोक्नु पर्ने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS