IME Life New

कारको मूल्य बढाउने मारुती सुजुकीको घोषणा, कतिसम्म बढ्ला ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मारुती सुजुकी इन्डियाले आफ्ना सवारीसाधनको मूल्य बढाउने घोषणा गरेको छ। कम्पनीले सेप्टेम्बरदेखि चुनिएका केही कार मोडेलहरुको मूल्य भारु २० हजारसम्म बढाउने जनाएको छ।

मे महिनादेखि सुरु भएको यो ४ महिनामा मारुतीको तेस्रो मूल्य वृद्धि हो। कम्पनीले यो कदम कच्चा पदार्थको बढ्दो लागत र बढ्दो महँगीका कारण भएको जनाएको छ। यद्यपि, कम्पनीले प्रत्येक मोडेलको मूल्य वृद्धिको सही मात्रा अझै स्पष्ट पारेको छैन। मारुतीले गत महिना २.१९ लाख सवारीसाधनको रेकर्ड बिक्री हासिल गरेको छ।

Esewa
Crest

मारुती सुजुकीले सवारीसाधन निर्माणमा प्रयोग हुने सामग्री (जस्तै स्टील, धातु, आदि) को मूल्य र महँगी निरन्तर बढिरहेको जनाएको छ। विगत केही महिनादेखि कम्पनीले यी बढेको लागतको भार वहन गरिरहेको छ र मूल्य वृद्धि नगर्ने प्रयास गरिरहेको छ।

यद्यपि, लागतमा उल्लेखनीय वृद्धिका कारण कम्पनीलाई पुरानो मूल्यमा सवारीसाधन बेच्न गाह्रो भएको छ। त्यसैले बढेको खर्चको सानो हिस्सा मूल्य बढाएर ग्राहकहरुमा सारिएको छ। जसले गर्दा ग्राहकको खल्तीमा धेरै असर पर्दैन। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS