काठमाडौं । मंदाकिनी हाइड्रो पावरको संस्थापक र आरक्षित शेयरको लक इन अवधि आज साउन १६ गतेदेखि समाप्त हुने भएको छ। आजबाट संस्थापक, स्थानीयबासिन्दा र कर्मचारीको स्वामित्वमा रहेको शेयरको लक इन अवधि समाप्त हुने भएको हो।
लक इन अवधि समाप्ती भएपछि थप ४८ लाख ४५ हजार २१७ थान शेयर धितो पत्र बजारमा कारोबारका लागि खुला हुनेछन् ।
नेपाल धितोपत्र बोर्डले २०८० मंसिर २५ गते परिपत्र जारी गर्दै सर्वसाधारणलाई शेयर निष्काशन बाँडफाँड गरेको मितिले ३ वर्ष समाप्त नभएसम्म धितोपत्र बजारमा खरिद बिक्री नगर्न निर्देशन दिएको थियो। यहि निर्देशनका कारण मंदाकिनी हाइड्रोपावरको शेयरमा लगानी गरेका संस्थापक शेयरधनी, स्थानीयबासिन्दा र कर्मचारीले दोश्रो बजारमा शेयर बिक्री गर्न पाएका थिएनन् ।
अब लक इन अवधि समाप्ती भएलगत्तै यी शेयरहरू पनि धितो पत्र बजारमा खरिद बिक्री हुनेछन् । धितोपत्र बजारमा मंदाकिनी हाइड्रोपावरको रु १०० अंकित मूल्यको ६४ लाख ६७ हजार ६७१ कित्ता शेयर सूचीकृत छ।

















