IME Life New

जीवन बीमकहरुले साउन महिनामै संकलन गरे २६ अर्ब २२ करोड बीमा शुल्क, कुनको कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आर्थिक वर्ष २०८३/ ८४ को साउन महिना अर्थात नयाँ आर्थिक वर्षको पहिलो महिनामा जीवन बीमा कम्पनीहरुले २६ अर्ब २२ करोड माथि कुल बीमाशुलक संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणले प्रकाशन गरेको वित्तीय विवरण अनुसार यी कम्पनीहरुले यस अवधिमा ३ लाख ८५ हजार ९२१ वटा बमिा पोलिसी जारी गरी कुल २६ अर्ब २२ करोड ५१ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका हुन् ।

यस अवधिमा यी कम्पनीहरुले ४ अर्ब ५१ करोड १८ लाख रुपैयाँ नयाँ व्यवसाय भित्राएका छन् भने नविकरण मार्फत २१ अर्ब ७१ करोड ३३ लाख रुपैयाँ बमिाशुल्क संकलन गरेका छन् । जीवन बीमा क्षेत्रको यो तथ्याङक हेर्दा नयाँ व्यापार भन्दा पनि पुरानो व्यापारकै आडमा जीवन बीमा व्यवसाय चलेको देखिन्छ ।

Esewa
Crest

यस अवधिमा सबैभन्दा धेरै नेपाल लाइफले कुल बीमाशुल्क संकलन गरेको छ । कम्पनीले यस अवधिमा ६ अर्ब ९९ करोड ३१ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । राष्ट्रिय जीवन बीमा कम्पनीले ३ अर्ब ९९ करोड २७ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । नेशनल लाइफले २ अर्ब ९१ करोड ३१ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । हिमालयन लाइफले २ अर्ब २९ करोड ४१ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।

त्यस्तै, एलआइसी नेपालले २ अर्ब १४ करोड १४ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । सूर्यज्योति लाइफले १ अर्ब ५१ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । एशियन लाइफले १ अर्ब ११ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।

त्यसैगरी सिटिजन लाइफले ९६ करोड १ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । आइएमई लाइफले ९० करोड ९४ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । सानिमा रिलायन्स लाइफले ८५ करोड ४३ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । प्रभु महालक्ष्मी लाइफले ७६ करोड ११ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । रिलायबल नेपाल लाइफले ७० करोड ६६ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । मेट लाइफले ६० करोड २८ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । सन नेपाल लाइफले ४६ करोड ६९ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS