IME Life New

आक्रामक ढंगले नयाँ व्यापार भित्र्याउँदै जीवन बीमक, ३३%ले बढ्यो बिजनेस ? (सूचीसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जीवन बीमकले नयाँ व्यापार आक्रामक ढंगले बढाएका छन्।

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२।८३ को ८ महिना (साउन–फागुन)सम्मको तथ्यांकले यस्तो देखाएको हो। हाल सञ्चालनमा रहेका १४ वटा जीवन बीमा कम्पनीले चालु वर्षको फागुनसम्म २८ अर्ब १४ करोड ७५ लाख रुपैयाँ प्रथम बीमाशुल्क (नयाँ व्यापार) संकलन गरेका छन्। अघिल्लो वर्ष २०८१।८२ को फागुनसम्म कम्पनीहरुले २१ अर्ब १२ करोड ५४ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेका थिए। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा बीमकहरुको नयाँ व्यापार ३३.२४ प्रतिशतले बढेको छ।

Esewa
Crest

समीक्षा अवधिसम्म सर्वाधिक नयाँ व्यापार भित्र्याउनेमा नेपाल लाइफ रहेको छ भने वृद्धिदरका हिसाबले आइएमई लाइफ अगाडि रहेको छ। नयाँ व्यापार १३ वटै कम्पनीको बढेको छ भने एउटाको घटेको छ।

चालु वर्षको फागुनसम्म नेपाल लाइफले ७ अर्ब ४२ करोड ४३ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले ५ अर्ब २४ करोड ८३ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको नयाँ व्यापार ४१.४६ प्रतिशतले बढेको छ।

दोस्रोमा नेसनल लाइफ रहेको छ। समीक्षा अवधिसम्म कम्पनीले ४ अर्ब ४ करोड १६ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्मको तुलनामा समीक्षा अवधिमा कम्पनीको नयाँ व्यापार २२.२७ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष फागुनसम्म कम्पनीले ३ अर्ब ३० करोड ५४ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको थियो।

धेरै नयाँ व्यापार भित्र्याउने तेस्रो कम्पनीमा लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल (एलआईसी नेपाल) रहेको छ। यो कम्पनीले अघिल्लो वर्ष फागुनसम्म १ अर्ब ७१४ करोड ८२ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेकोमा समीक्षा अवधिसम्म २५.६१ प्रतिशतले बढेर २ अर्ब १५ करोड ८३ लाख रुपैयाँ पुगेको छ।

यसैगरी समीक्षा अवधिसम्म सूर्यज्योति लाइफले १ अर्ब ८९ करोड ६० लाख रुपैयाँ, सिटिजन लाइफले १ अर्ब ७० करोड ६८ लाख रुपैयाँ, एसियन लाइफले १ अर्ब ६० करोड १६ लाख रुपैयाँ र हिमालयन लाइफले १ अर्ब ५३ करोड ४६ लाख रुपैयाँबराबरको नयाँ व्यापार भित्र्याएका छन्। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा सूर्यज्योति लाइफको नयाँ व्यापार २१.७२ प्रतिशत, सिटिजन लाइफको ४३.७५ प्रतिशत, एसियन लाइफको ४८.१३ प्रतिशतले बढेको छ भने र हिमालयन लाइफको २.०८ प्रतिशतले घटेको छ।

चालु वर्षको फागुनसम्म आइएमई लाइफले १ अर्ब ४८ करोड ४४ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफले १ अर्ब २८ करोड ८ लाख रुपैयाँ, सानिमा रिलायन्स लाइफले १ अर्ब २५ करोड ९२ लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले १ अर्ब ५ करोड ६९ लाख रुपैयाँ, मेट लाइफले १ अर्ब १ करोड ५३ लाख रुपैयाँ, राष्ट्रिय जीवन बीमा कम्पनीले ९५ करोड ३५ लाख रुपैयाँ र सन नेपाल लाइफले ७३ करोड ३७ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेका छन्। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा आइएमई लाइफको नयाँ व्यापार ९०.४१ प्रतिशत, रिलायबल नेपाल लाइफको ५०.१६ प्रतिशत, सानिमा रिलायन्स लाइफको २३.५९ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको ३२.३६ प्रतिशत, मेट लाइफको २०.३९ प्रतिशत, राष्ट्रिय जीवन बीमा कम्पनीको ७५.०६ प्रतिशत र सन नेपाल लाइफको १७.९९ प्रतिशतले बढेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS