IME Life New

बैशाख महिनामा मात्रै जीवन बीमकको नयाँ व्यवसाय ३ अर्ब ५८ करोड, कुनको कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आर्थिक वर्ष २०८२/ ८३ को बैशाख महिनामा मात्रै जीवन बीमा कम्पनीहरुले साढे ३ अर्ब माथि प्रथम बीमाशुल्क संकलन गरेका छन् । कम्पनीहरुले यस अवधिसम्ममा ३ अर्ब ५८ करोड ८३ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको प्राधिकरणले प्रकाशन गरेको तथ्याङकमा उल्लेख छ ।

यस अवधिमा सबैभन्दा धेरै नेपाल लाइफले कुल बीमाशुल्क संकलन गरेको छ । कम्पनीले यस अवधिमा ८३ करोड ५३ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ । नेशनल लाइफले ५२ करोड ३४ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ । एलआइसी नेपालले २९ करोड ४६ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ ।

Esewa
Crest

त्यस्तै, सूर्यज्योति लाइफले २५ करोड ९७लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ । सिटिजन लाइफले २५ करोड ७७ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ । हिमालयन लाइफले १९ करोड ४० लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ । रिलायबल नेपाल लाइफले १८ करोड ७८ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ ।

एशियन लाइफले १८ करोड १८ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ । आइएमई लाइफले १७ करोड ६८ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ । प्रभु महालक्ष्मी लाइफले १७ करोड ५८ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ । सानिमा रिलायन्स लाइफले १५ करोड १७ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ ।

मेट लाइफले १३ करोड ४८ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ । सन नेपाल लाइफले १२ करोड १४ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ । राष्ट्रिय जीवन बीमा कम्पनीले ९ करोड २९ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS