IME Life New

आजबाट हकप्रद बिक्री गर्दै जोशी हाइड्रोपावर, कहिलेसम्म शेयर किन्नले भर्न पाउँछन् ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जोशी हाइड्रोपावरले आज साउन १५ गतेदेखि हकप्रद शेयर बिक्री खुला गर्दैछ । नेपाल धितोपत्र बोर्डले जोशी हाइड्रोपावरलाई हाल कायम चुक्तापुँजी ३७ करोड १४ लाख रुपैयाँबराबरको १०ः६.५ अनुपातमा अर्थात ६५ प्रतिशत हकप्रद शेयर जारी गर्न अनुमति दिएको छ। योसँगै कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल २४ लाख १४ हजार १ सय कित्ता हकप्रद शेयर जारी गर्न लागेको हो।

कम्पनीका शेयरधनीहरुले धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो शेयरबाट आवेदन दिन सक्नेछन्। यो हकप्रदमा भदौ ४ गते बैंकिङ समयसम्म आवेदन दिन सकिनेछ।

Esewa
Crest

हकप्रद शेयर जारी गर्न कम्पनीले गत असार ८ गते १ दिनका लागि बुक क्लोज गरेको थियो। यसर्थ असार ५ गते (६ गते शुक्रबार र ७ गते शनिबार) सम्म कायम भएका शेयरधनीहरुले मात्रै यो हकप्रदमा आवेदन दिन सक्नेछन्।

जोशी हाइड्रोपावरको हकप्रद बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS