काठमाडौं । नेपाल बीमा प्राधिकरणले इजाजतप्राप्त सबै बीमा कम्पनीलाई सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ तोकेको विवरण अद्यावधिक गरी सार्वजनिक गर्न निर्देशन दिएको छ।
प्राधिकरणले ऐनको दफा ३५ग बमोजिम आफ्ना विवरण सार्वजनिक गर्न बीमा कम्पनीहरुलाई निर्देशन दिएको हो। अब ती विवरण बीमा कम्पनीहरुले सार्वजनिक रुपमा उपलब्ध हुने गरी आफ्नो वेबसाइटमा अद्यावधिक गर्नुपर्नेछ।
यी विवरण अद्यावधिक गरी सार्वजनिक गर्नुपर्ने
- बीमकको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय, शाखा तथा उपशाखा कार्यालय रहेको स्पष्ट ठेगाना तथा सम्बन्धित कार्यालय प्रमुखको विवरण।
- बीमकको दर्ता मिति तथा इजाजतपत्र नम्बर।
- कानुनी स्वरुप एवं कार्य क्षेत्र खुल्ने संक्षित परिचय।
- नियमन गर्ने निकाय तथा नियमनसम्बन्धी कानुन (बीमा ऐन, बीमा नियमावली, प्राधिकरणबाट जारी सम्पूर्ण निर्देशन तथा मार्गदर्शन)
- बीमकको सञ्चालक समितिको सदस्यको नाम, नामेसी विवरण।
- बीमकको अन्य समितिका पदाधिकारीको परिचय खुल्ने विवरण।
- अन्य कुनै कानुनले सार्वजनिक गर्नुपर्ने भनी तोकिएको विवरण।












