IME Life New

प्रमुख कार्यकारी अधिकृत नियुक्तिका लागि इन्स्योरेन्स इन्स्टिच्युटले माग्यो आवेदन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । इन्स्योरेन्स इन्स्टिच्युट नेपालले प्रमुख कार्यकारी अधिकृत नियुक्तिका लागि विज्ञापन प्रकाशन गरेको छ। नेपाल बीमा प्राधिकरणको कार्यकारी निर्देशक सुशिल देव सुवेदी अध्यक्ष पदमा मनोनित भएपछि प्रमुख कार्यकारी पदमा नियुक्तिका लागि इन्स्टिच्युटले विज्ञापन प्रकाशन गरेको हो।

इन्स्टिच्युटले प्रमुख कार्यकारी अधिकृत पदका लागि व्यवस्थापन, वित्त, बीमा वा सम्बन्धित विषयमा स्नातकोत्तर तह उतीर्ण, बैंक, वित्तीय वा बीमा संस्थाको उच्च व्यवस्थापकीय तह सहित १५ वर्षको अनुभव, रणनीतिक नेतृत्व, व्यापार विस्तार, सरोकारवालाको संलग्नता, समूह व्यवस्थापन र प्रभावकारी सञ्चार सम्बन्धित क्षमता भएको उम्मेदवारबाट आवेदन मागेको छ। साथै तालिम, सम्मेलन, कार्यशाला आयोजनाका सम्बन्धमा कुशल व्यवस्थापकीय क्षमता प्रदर्शन गरेको हुनुपर्ने शर्त समेत राखिएको छ।

Esewa
Crest

इन्स्टिच्युटले उम्मेदवार छनाैटका क्रममा बीमा क्षेत्रको अनुभवीलाई प्राथमिकता दिने भनेको छ।  उम्मेदवारले कम्तीमा ४ वर्षे अवधिका लागि व्यवसायीक रणनीतिक योजना पेश गर्नुपर्नेछ। इन्स्टिच्युटले चैत्र २२ गतेभित्र आवेदन पेश गर्न योग्य उम्मेदवारसँग अनुरोध गरेको छ। विज्ञापनमा प्रमुख कार्यकारी अधिकृत पदका लागि उम्मेदवारको उमेर हद खुलाइएको छैन।

निजी क्षेत्र समेतको प्रवर्द्धनमा स्थापित बैंक फाइनान्सियल एण्ड इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपालको प्रमुख कार्यकारी अधिकृत पदमा नेपाल राष्ट्र बैंकको निर्देशक र नेपाल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत समेत रही सकेका डा. विनोद आत्रेय छन् । उनी बैंक र व्यवस्थापन क्षेत्रमा ३० वर्षभन्दा लामो समय अनुभव हासिल गरि सकेका व्यक्ति हुन् ।

स्थापनाको पाँच वर्ष बितिसक्दा पनि खासै प्रभावकारी उपस्थिति जनाउन नसकेको इन्स्योरेन्स इन्स्टिच्युटका लागि शेयरधनीलाई उचित्र प्रतिफल, बीमा क्षेत्रलाई दक्ष जनशक्ति, आम नागरिकलाई बीमा अध्यापन गराउने विश्वसनीय शैक्षिक संस्था र देशका लागि अन्तर्राष्ट्रिय स्तरमा प्रतिष्ठित शैक्षिक संस्था बनाउन सक्ने प्रमुख कार्यकारी अधिकृतको खाँचो छ। इन्स्टिच्युटमा सरकारी संस्था सरह सामान्य स्तरको तालिम सञ्चालन गर्ने, केही अन्तर्राष्ट्रिय सभा सम्मेलन र वर्षको अन्त्यमा साधारण सभा गरेर जागिर मात्र खाने प्रमुख कार्यकारी अधिकृत नियुक्त गरिए बीमा क्षेत्रका लागि पैसा र समय दुबैका हिसाबले नोक्सानी हुनसक्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS