काठमाडौं । आर्थिक वर्ष २०८१ /८२ को असार महिनामा मात्रै जीवन बीमा कम्पनीहरुले कुल २६ अर्ब ९० करोड माथि कुल बीमा शुल्क संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणले प्रकाशन गरेका वित्तीय विवतरण अनुसार कम्पनीहरुले ७ लाख ३८ हजार ४ सय वटा बीमा पोलिसी विक्री गरी कुल २६ अर्ब ९० करोड ५७ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका हुन् ।
यस अवधिमा सबैभन्दा धेरै नेपाल लाइफले बीमा शुल्क संकलन गरेको छ । कम्पनीले ७ अर्ब १० करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । दोस्रोमा नेशनल लाइफ रहेको कम्पनीले यस अवधिमा ३ अर्ब ५४ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । तेस्रोमा एलआइसी नेपाल रहेको छ । कम्पनीले २ अर्ब ६८ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।
हिमालयन लाइफले २ अर्ब ५७ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । सुर्यज्योति लाइफले १ अर्ब ८६ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । एशियन लाइफले १ अर्ब ६८ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । सिटिजन लाइफले १ अर्ब २४ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । सानिमा रिलायन्स लाइफले १ अर्ब १६ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।
राष्ट्रिय जीवन बीमा कम्पनीले ९९ करोड ७० लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । आइएमई लाइफले ९७ करोड ५७ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । प्रभ’ महालक्ष्मी लाइफले ८४ करोड ९० लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । रिलायबल नेपाल लाइफले ८२ करोड ४८ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । मेट लाइफले ७१ करोड ३२ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । सन नेपाल लाइफले ६७ करोड २९ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।

















