काठमाडौं । आर्थिक वर्ष २०८१ /८२ को जेठ महिनासम्ममा जीवन बीमा कम्पनीहरुले कुल साढे १ खर्ब बढी बीमाशुल्क संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणले प्रकाशन गरेकोे तथ्याङक अनुसार संचालनमा रहेका जीवन बीमा कम्पनीहरुले कुल १ करोड ३८ लाख ३६ हजार ३७५ वटा बमिा पोलिसी बिक्री गरी १ खर्ब ५४ अर्ब ५ करोड ९२ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका हुन् ।
यस अवधिमा सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले कुल बीमाशुल्क संकलन गरेको छ । कम्पनीले यस अवधिमा ४१ अर्ब २ करोड ४४ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । दोस्रोमा नेशनल लाइफ रहेको छ । कम्पनीले यस अवधिमा १८ अर्ब ९० करोड ४६ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । तेस्रोमा एलआइसी नेपाल रहेको छ । कम्पनीले यस अवधिमा १७ अर्ब २४ करोड १६ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । हिमालयन लाइफले १५ अर्ब २२ करोड २० लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।

सूर्यज्योति लाइफले ९ अर्ब ४५ करोड ८१ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । राष्ट्रिय जीवन बीमा कम्पनीले ९ अर्ब, एशियन लाइफले ७ अर्ब ८६ करोड १२ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । सिटिजन लाइफले ६ अर्ब ३२ करोड ७४ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । सानिमा रिलायन्स लाइफले ५ अर्ब ९० करोड २९ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।
मेट लाइफले ५ अर्ब ५४ करोड ५१ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । आइएमई लाइफले ४ अर्ब ७२ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । रिलायबल नेपाल लाइफले ४ अर्ब ५५ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । प्रभु महालक्ष्मी लाइफले ४ अर्ब ५४ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । सन नेपाल लाइफले ३ अर्ब ७३ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।

















