काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड ISO® 9001:2015 मान्यता प्राप्त कम्पनी भएको छ । अन्तर्राष्ट्रिय मानकिकरण सङ्घठन ISO® द्धारा प्रदान गरिने ISO® 9001:2015 सर्टिफिकेसनले कम्पनीमा गुणस्तर व्यवस्थापन प्रणालीका लागि आवश्यक अवधारणाहरुको अवलम्वन भएको सुनिश्चित गर्दछ । उक्त मान्यता प्राप्त गर्ने सिमित बीमा कम्पनीहरु मध्ये एक भएकोले कम्पनीप्रति ग्राहकको विश्वसनियता बढ्नुका साथै कर्मचारीहरु र अभिकर्ताहरुमा निरन्तर गुणस्तरीय सेवा प्रदान गर्ने उर्जा थपेको छ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्काले नेपालको जीवन बीमा क्षेत्रमा पृथक पहिचान कायम गर्न नेतृत्व विकास, ग्राहक सेवा र सम्बन्ध व्यवस्थापन लगायतका क्षेत्रहरुमा रणनैतिक विकास र डिजिटाइजेसन एवम् अटोमेसनको माध्यमबाट प्रकृयागत सुधार गरी दिगो विकासमा यस कम्पनी लागिरहेको बताए ।