IME Life New

हिमालयन बैंक : संकटको पहाड !, नियामकीय दृष्टिकोणले पनि ‘रेड जोन’ नजिक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिमालयन बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२।८३ को तेस्रो त्रैमासिक वित्तीय विवरणलाई एक वाक्यमा भन्नुपर्दा– ‘बाहिर चिल्लो, भित्र ढिलो’। ७६ करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएको र अघिल्लो वर्षको तुलनामा ५२ प्रतिशत वृद्धि भएको तथ्यांक देखाएर बैंकले लगानीकर्तालाई झुक्याउने प्रयास त गरेको छ तर तथ्यांकको गहिराइमा पस्ने हो भने बैंकको वास्तविक अवस्था अत्यन्तै थिलोथिलो र जोखिमपूर्ण देखिन्छ।

यो ५२ प्रतिशतको तथाकथित वृद्धि कुनै व्यापारिक कुशलताको नतिजा नभएर बरु लेखा समायोजन र प्रोभिजनिङको ‘जादु’ मात्रै हो। किनकि, बैंकको मेरुदण्ड मानिने सञ्चालन मुनाफा करिब तीन गुणाले खुम्चिएर १ अर्ब १५ करोडमा झर्नुले बैंकको व्यवसाय गर्ने क्षमतामा गम्भीर प्रश्न खडा गरिदिएको छ।

Esewa
Crest

हिमालयन बैंक अहिले खराब कर्जाको यस्तो चंगुलमा फसेको छ। जसले कुनै पनि बेला बैंकलाई संकटको भुमरीमा धकेल्न सक्छ। ७.९८ प्रतिशतको निष्क्रिय कर्जा सामान्य बैंकिङ मानकको हिसाबले मात्र नभएर नियामकीय दृष्टिकोणले पनि ‘रेड जोन’ नजिक छ। ८ प्रतिशतको यो आँकडाले बैंकको ऋण असुली संयन्त्र पूर्णतः असफल भएको र व्यवस्थापन ‘लाचार’ बनेको पुष्टि गर्छ।

अझ डरलाग्दो पक्ष त के छ भने यो डुब्न लागेको ऋणलाई धान्न बैंकले ३ अर्बभन्दा बढी रकम प्रोभिजनिङ (सम्भावित नोक्सानी व्यवस्था) मा छुट्याउनुपरेको छ। यो अघिल्लो वर्षको तुलनामा झन्डै दोब्बर हो। आफ्नो कमाइको ठूलो हिस्सा खराब कर्जाको खाडल पुर्नमै खर्चिनुपर्ने अवस्थाले बैंकको भविष्य कति अन्धकार छ भन्ने स्पष्ट पार्छ।

बजारमा ब्याजदर घट्दो क्रममा छ। कोषको लागत ५.४६ प्रतिशतमा झरेको छ। यस्तो अनुकूल समयमा पनि बैंकको स्प्रेड दर २.८४ प्रतिशतमा संकुचित हुनु र खुद ब्याज आम्दानी १ अर्बले घट्नुले बैंकको व्यवसायिक रणनीति ‘हावाताल’ मा चलेको संकेत गर्छ। निक्षेप र कर्जाको आकार बढाए पनि त्यसले बैंकको ढुकुटीमा मूल्य सिर्जना गर्न सकेको छैन। यसलाई बैंकिङ भाषामा ‘क्वालिटी बिनाको ग्रोथ’ भनिन्छ। जसले अन्ततः बैंकलाई खोक्रो बनाउँछ।

सबैभन्दा गम्भीर र आपत्तिजनक पक्ष त बैंकको १० अर्ब ४६ करोड रुपैयाँको सञ्चित नोक्सानी हो। यति ठूलो वित्तीय खाडल हुँदाहुँदै नाफा बढेको देखाउनु र वितरणयोग्य नाफा सकारात्मक देखिनु केवल ‘नियामकीय छिद्र’हरुको प्रयोग गरेर देखाइएको मात्रै हो।

प्रतिसेयर आम्दानी जम्मा ४.५० रुपैयाँ र रिटर्न अन इक्विटी २.६९ प्रतिशत हुनुले हिमालयन बैंकमा पैसा राख्नु वा लगानी गर्नु बालुवामा पानी खन्याएसरह भएको प्रमाणित गर्छ। लगानीकर्ताले पाउने प्रतिफल अहिलेको मुद्रास्फीति दरभन्दा पनि कम हुनु लज्जास्पद विषय हो।

हिमालयन बैंकको यो वित्तीय चित्रले स्पष्ट भन्छ– बैंक अहिले ‘आईसीयू’ उन्मुख छ। यदि व्यवस्थापनले तत्कालै कर्जाको गुणस्तर सुधार गर्न, आक्रामक ढंगले ऋण असुलीमा लाग्न र फजुल सञ्चालन खर्च कटौती गर्न सकेन भने अहिले देखिएको ५२ प्रतिशतको नाफा ’नक्कली मुस्कान’ मा परिणत हुनेछ।

नियामक निकाय नेपाल राष्ट्र बैंकले पनि हिमालयन बैंकको यो ‘कागजी नाफा’ र ‘बढ्दो खराब कर्जा’ माथि कडा निगरानी राख्न ढिला भइसकेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS