IME Life New

ढकाल दम्पतीले छोराको जन्मदिनमा दिए ५० लाखको बीमा पोलिसी उपहार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जन्मदिनलाई केवल उत्सव, भोजभतेर र मनोरञ्जनमा सीमित नराखी भविष्यप्रतिको जिम्मेवारी, आर्थिक सुरक्षा र सन्तानप्रतिको दूरदर्शी सोचसँग जोड्न सकिन्छ भन्ने प्रेरणादायी उदाहरण झापाको अर्जुनधारा–९ निवासी प्रख्यात चिकित्सक दम्पती डा.प्रसिद्ध ढकाल र डा. बबिता शर्मा ढकालले प्रस्तुत गरेका छन् ।

पूर्वी नेपालका चर्चित तथा सम्मानित चिकित्सकका रूपमा परिचित ढकाल दम्पतीले आफ्ना सुपुत्र वेदान्त ढकालको प्रथम जन्मोत्सवको अवसर पारेर आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड मार्फत ५० लाख रुपैयाँ बराबरको जीवन बीमा पोलिसी उपहारस्वरूप प्रदान गरेका हुन् ।

Esewa
Crest

आफ्नो जीवनमा कठिन संघर्ष, निरन्तर मेहनत र समर्पणका साथ चिकित्सक बन्न सफल भएका ढकाल दम्पतीको चाहना आफ्ना सुपुत्रलाई पनि उच्च शिक्षा प्रदान गरी भविष्यमा सक्षम, सफल र समाजसेवी चिकित्सकका रूपमा स्थापित गर्ने रहेको बताइएको छ।

आफूहरूले भोग्नुपरेको दुःख, संघर्ष र आर्थिक चुनौतीको सामना आफ्ना सन्तानले गर्न नपरोस् भन्ने उद्देश्यले सही समयमा जीवन बीमा गरी सुरक्षित भविष्यको आधार तयार गरेको उनीहरुले बताएका छन् ।

वेदान्त ढकालको प्रथम जन्मोत्सवको अवसरमा आयोजित विशेष कार्यक्रममा कम्पनीका कोशी कर्पोरेट सेल्स संयोजक गगन सिटौला, काकरभिट्टा शाखा प्रमुख हरि प्रसाद मिश्र, सेल्स तथा मार्केटिङ अफिसर पूजा साक्य, एमडीआरटी नवीन श्रेष्ठ लगायत ढकाल परिवारका सदस्य, आफन्तजन तथा शुभेच्छुकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा डा. बबिता शर्मा ढकालले भनिन, “हामीले यो जन्मदिनलाई केवल उत्सवमा सीमित नराखी बचत, सुरक्षा र भविष्यको योजनासँग जोड्ने प्रयास गरेका छौँ। सन्तानको उज्ज्वल भविष्य सुनिश्चित गर्नु नै अभिभावकको सबैभन्दा ठूलो जिम्मेवारी हो भन्ने सन्देश दिन चाहेका हौँ।”

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS