IME Life New

सानिमा जिआईसी इन्स्योरेन्सद्वारा दुई विद्यालयमा कम्प्यूटर र प्रिन्टर हस्तान्तरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडले असार १२ गते शुक्रबार लुम्बिनी प्रदेशका दुई स्थानमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत दुईवटा कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रम अन्तर्गत कम्पनीका लुम्बिनी प्रदेश प्रमुख अर्जुन सुवेदीले रुपन्देही र कपिलवस्तुका दुईवटा सामुदायिक विद्यालयमा ५ थान कम्प्यूटर र एकथान प्रिन्टर विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरेका हुन् ।

रुपन्देहीको सियारी गाउँपालिका अन्तर्गतको पब्लिक नमुना मा.वि.मा कम्पनीका लुम्बिनी प्रदेश प्रमुख सुवेदीले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खिमबहादुर ज्ञवालीलाई दुईथान कम्प्यूटर र एकथान प्रिन्टर हस्तान्तरण गरे ।

Esewa
Crest

उपलब्ध सामाग्रीले विद्यालयको पठनपाठनमा थप सहयोग हुने उल्लेख गर्दै प्रधानाध्यापक खडानन्द शर्माले विद्यालयको स्थापनाकालदेखि हालसम्म विद्यालयको अवस्था बारे संक्षिप्तमा जानकारी गराए ।

साथै, प्राप्त सामाग्रीहरुको समुचित उपयोग हुने र सहयोगी हातहरुको सहकार्यमा विद्यालयले निरन्तर प्रगति गर्नेमा आफू विश्वस्त रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञवालीले जनाए ।

त्यस्तै कम्पनीले कपिलवस्तुको प्रतापपुर गाउँपालिका ३ स्थित महेन्द्र माध्यमिक विद्यालयलाई ३ सेट कम्प्यूटर हस्तान्तरण गरेको छ । विद्यालयमा दिएको उक्त सामग्रीले विद्यालयको कामलाई प्रविधिमैत्री बनाउन र विद्यार्थीलाई सूचना प्रविधिमा विशेष पहुँच पुर्याउन सहयोग पुग्ने कम्पनीकी बुटवल शाखा प्रमुख शुष्मा पाण्डेले बताइन् ।

उक्त कार्यक्रममा नेपाल बीमा प्राधिकरणका लुम्बिनी प्रदेश कार्यालयका सहायक बलराम गिरीले सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीको प्रदेश कार्यालयले स्थानिय स्तरमै यस्तो कार्यक्रम गरेकोमा आफूलाई खुसी लागेको बताउँदै यस कार्यलाई अन्य सरोकारवालाले पनि निरन्तरता दिनुपर्ने बताए ।

विद्यालयका प्रधानाध्यापक योगेन्द्रप्रसाद बानियाँले कम्प्यूटर सहयोग गर्ने सबैमा विशेष धन्यवाद दिँदै पठनपाठनमा यसले थप सहजता हुने जनाए ।

कार्यक्रममा स्थानिय, वडा अध्यक्ष क्रमशः श्रीराम यादव र ऋषिदेव दासको आतिथ्यता रहेको थियो भने दुबै स्थानमा नेपाल बीमा प्राधिकरणका तर्फबाट सहायक बलराम गिरीको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा कम्पनीका बुटवल शाखा प्रमुख सुष्मा पाण्डे, मणिग्राम शाखा प्रमुख कृष्ण कोइराला, भैरहवा शाखा प्रमुख नारायण न्यौपाने, भुमही शाखाका प्रमुख देबिप्रसाद भण्डारी, भुमही शाखाका प्रमुख अजय यादव तथा प्रदेश कार्यालयका सञ्चित भट्टराईलगायत् विद्यालय व्यवस्थापन समिति र शिक्षक÷विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS