काठमाडौं । सरकारले विशेष आर्थिक तथा औद्योगिक क्षेत्रमा नयाँ उद्योग स्थापना गर्न अनुमति लिएकालाई ३ वर्ष भाडा छुटको घोषणा गरेको छ।
संसदको संयुक्त बैठकमा आज आगामी आर्थिक वर्षको बजेट पेस गर्दै अर्थमन्त्री विष्णु पौडेलले यस्तो घोषणा गरेको हुन्। ‘त्यस्ता नयाँ उद्योगलाई सुरुको ३ वर्ष भाडा छुट दिइनेछ’, उनले भने।
विशेष आर्थिक क्षेत्रको मासिक भाडादर प्रतिवर्गमिटर घटाएर ५ रुपैयाँ कायम गरिएको अर्थमन्त्री पौडेलले बताए। यसअघि प्रतिवर्गमिटर २० रुपैयाँ थियो।
औद्योगिक क्षेत्रका उद्योग उत्पादनको २० प्रतिशतभन्दा बढी निर्यात गरेमा विशेष आर्थिक क्षेत्रका उद्योगले पाउने सुविधासरह सुविधा पाउने अर्थमन्त्री पौडेलले बताए। औद्योगिक क्षेत्र निर्माण गर्ने कम्पनीलाई जलविद्युत उत्पादन गर्ने कम्पनीसरह र त्यस्तो औद्योगिक क्षेत्रमा स्थापना हुने उद्योगलाई विशेष आर्थिक क्षेत्रका उद्योगको सरह सुविधा पाउने उनले जानकारी दिए।

















