काठमाडौं । सरकारले प्रत्यक्ष वैदेशिक लगानीका लागि नेपाल उत्कृष्ट गन्तव्यका रुपमा विकास गर्ने घोषणा गरेको छ।
संसदको संयुक्त बैठकमा आज आगामी आर्थिक वर्षको बजेट पेस गर्दै अर्थमन्त्री पौडेलले सरकारले बजेटमा समेटेको यो योजना सुनाएका हुन्। लगानी सम्भावना भएका मुलुकहरुसँग लगानी प्रवर्द्धन एवं दोहोरो करमुक्ति सम्झौता गरिने उनले जानकारी दिए।
वैदेशिक लगानी भित्र्याउने र नाफा फिर्ता लैजाने प्रक्रियालाई सरल बनाइने अर्थमन्त्री पौडेलले बताए। राष्ट्रिय प्राथमिकताका क्षेत्रमा वैदेशिक लगानी आकर्षित गर्न इन्कर इन्भेस्टमेन्टको नीति लिइने पनि उनले जानकारी दिए।

















