IME Life New

आठ महिनामै दोब्बर बढीले बढ्यो चाँदीको भाउ, मूल्यमा उछाल आउनका कारण यस्ता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा चाँदीको मूल्य दैनिकजसो बढिरहेको छ।

पछिल्लो वर्षको अन्तरालमै अन्तर्राष्ट्रिय बजारमा चाँदीको भाउमा भारी वृद्धि भएको छ। अन्तर्राष्ट्रिय बजारमा प्रतिऔँस चाँदी ६३.०६ अमेरिकी डलर पुगेको छ।

Esewa
Crest

नेपाली बजारमा आज पुस २ गते चाँदी प्रतितोला ४ हजार ५५ रुपैयाँमा कारोबार भएको छ। गत वैशाख २ गते चाँदी प्रतितोला १ हजार ९४५ रुपैयाँमा किनबेच भएको छ। यो हिसाबले पछिल्लो ८ महिनामा चाँदीको भाउ दोब्बर बढीले बढेको छ।

चाँदीको मूल्य लगातार बढ्नुमा विभिन्न कारण रहेका छन्। विज्ञहरुका अनुसार औद्योगिक मागमा निरन्तर वृद्धि, सुरक्षित सम्पत्तिमा लगानीकर्ताको बढ्दो चासो र विश्वव्यापी आर्थिक अनिश्चितताले चाँदीको मागलाई बढावा दिइरहेको छ।

विशेषगरी हरित ऊर्जा प्रविधि, विद्युतीय सवारीसाधन र सौर्य प्यानलमा चाँदीको बढ्दो मागले यो धातुलाई बलियो बनाएको छ। जसका कारण मूल्य लगातार बढिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS