काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ घटेको छ भने चाँदी सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलामा १७ सय रुपैयाँले घटेर तोलामा २ लाख ५९ हजार रुपैयाँ कायम भएको हो। हिजो प्रतितोला सुन २ लाख ६० हजार ७ सय रुपैयाँमा किनबेच भएको थियो ।
आज चाँदीको भाउमा भने सामान्य वृद्धि भएको छ । आज चाँदी तोलामा १५ रुपैयाँले बढेको हो । यससँगै चाँदी तोलामा ३ हजार ८८५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलामा ३ हजार ८७० रुपैयाँमा कारोबार भएको थियो।

















