IME Life New

नेको इन्स्योरेन्सका सीईओ अशोक खड्काको फेसबुक पेज ह्याक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । निर्जीवन बीमा कम्पनी नेको इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोककुमार खड्काको फेसबुक पेज ह्याक भएको छ।

कम्पनीले आज एक सूचना जारी गर्दै सीईओ खड्काको फेसबुक पेज तथा आईडी ह्याक भएको जानकारी गराएको हो। योसँगै सीईओ खड्काको फेसबुक पेज तथा आईडीबाट रकम माग गर्ने, विवरण प्रकाशन गर्ने, सूचना दिनेसम्बन्धी कुनै पनि पोस्टहरुमा विश्वास नगर्न कम्पनीले आग्रह गरेको छ।

Esewa
Crest

त्यस्ता विवरणप्रति सीईओ खड्का र कम्पनी जबाफदेही नहुने कम्पनीले स्पष्ट पारेको छ। सीईओ खड्काको फेसबुक पेज तथा आईडी रिकभर भएपछि पुनः जानकारी गराइने सूचनामा उल्लेख छ।

त्यसो त सीईओ खड्काको फेसबुक आईडी ह्याक गरी स्ट्याटसमार्फत नेकपा एमालेको महाधिवेशनमा हुन लागेको चुनावमा मधेश प्रदेशबाट केन्द्रीय सदस्यमा उम्मेदवार बनेको भन्दै भोट मागिएको थियो। त्यो आधिकारिक नभएको सीईओ खड्काले स्पष्ट पारेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

29%
happy

खुसी

14%
sad

दु :खी

0%
amazed

अचम्मित

43%
excited

उत्साहित

14%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS