IME Life New

यी हुन् आज शेयर बजारमा उच्च कारोबार भएका १० कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार मंगलबार दोहोरो अंकले बढेको छ। नेप्से परिसूचक १८.३७ अंकले बढेर २६१९.९९ को विन्दुमा बन्द भएको हो।

यो दिन नेप्से उपसमूह रहेका १२ वटा समूह बढेका छन् भने एउटा समूह घटेको छ। आज विकास बैंक समूह सर्वाधिक १.५६ प्रतिशतले बढ्दा व्यापार समूह ०.०१ प्रतिशतले घटेको छ।

Esewa
Crest

बजारमा आज १८७ कम्पनीको शेयरभाउ बढेको छ भने ६१ वटाको घटेको छ। यो दिन ११ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

आज बजारमा सवा ३ अर्ब रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार ङादी ग्रुप पावरको भएको छ।

उच्च कारोबार भएका १० कम्पनी

  • ङादी ग्रुप पावरः १९ करोड ८२ लाख रुपैयाँ
  • लुम्बिनी विकास बैंकः १० करोड ३० लाख रुपैयाँ
  • हिमालयन रिइन्स्योरेन्सः ९ करोड ५७ लाख रुपैयाँ
  • सीईडीबी होल्डिङ्सः ९ करोड २४ लाख रुपैयाँ
  • राधी विद्युतः ७ करोड ३६ लाख रुपैयाँ
  • छिमेक लघुवित्तः ७ करोड २८ लाख रुपैयाँ
  • चन्द्रागिरी हिल्सः ५ करोड १४ लाख रुपैयाँ
  • शिवम सिमेन्टः ५ करोड १३ लाख रुपैयाँ
  • बन्दीपुर केबलकारः ४ करोड ७८ लाख रुपैयाँ
  • श्रीनगर एग्रीटेकः ४ करोड ३७ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS