IME Life New

ग्लोबल मनी विक: धितोपत्र बोर्डले वित्तीय साक्षरताका लागि के-के गर्दैछ कार्यक्रम ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विश्वभर आजबाट ग्लोबल मनी विक सुरु भएको छ। नेपालमा पनि नेपाल राष्ट्र बैंकको अगुवाइमा विभिन्न निकायले ग्लोबल मनी विक मनाउँदैछन्। ग्लोबल मनी विक चैत १० गतेसम्म विभिन्न कार्यक्रम गरी मनाइनेछ।

ओईसीडी/आईएनएफईले ‘थिंक बिफोर यु फलो, विस मनी टुमोरो’ थिममा ‘लर्न, सेभ, अर्न’ नारा राखी आह्वान गरेको ग्लोब मनी विकको अवसरमा धितोपत्र बोर्डको आयोजनामा विभिन्न कार्यक्रम सञ्चालन हुने भएको छ।

Esewa
Crest

यस्ता छन् कार्यक्रम

  • चैत ४ गतेः नेपाल धितोपत्र बोर्डबाट वेबसाइटमार्फत युवा विद्यार्थी एवं लगानीकर्तामा वित्तीय साक्षरता अभिवृद्धि गर्न तथा वित्तीय रुपमा जागरुक गराउन जानकारीमूलक सन्देशहरु प्रकाशन हुने ।
  • चैत ४ गतेः नेपाल धितोपत्र बोर्डको आयोजना तथा स्टक ब्रोकर एसोसिएसन अफ नेपाल (एसबान)को संयोजनमा काठमाडौंको भद्रकालीमा नेपाल धितोपत्र बोर्ड, नेपाल राष्ट्र बैंक, नेपाल बीमा प्राधिकरण, सरकारी विभाग, नेपाल स्टक एक्सचेन्ज, सीडीएससी, मर्चेन्ट बैंकर, स्टक ब्रोकर, स्टक डिलर, क्रेडिट रेटिङलगायतको सहभागितामा बिहान ६ः३० बजेदेखि ८ः३० वजेसम्म वित्तीय साक्षरतासम्बन्धी प्रभातफेरी कार्यक्रम सञ्चालन हुने ।
  • चैत ५ गतेः नेपाल धितोपत्र बोर्डको संयोजकत्वमा नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड, नेपाल बीमा प्राधिकरण, सहकारी विभाग, र स्वतन्त्र विज्ञ समेतको सहभागिता रहने गरी फाइनान्सियल लिट्रेसी इन नेपाल, स्टेटस एन्ड प्रोस्पेक्टिभक फर इम्प्रुभमेन्ट विषयमा रेडियो नेपालमा संवाद कार्यक्रम सञ्चालन हुने ।
  • चैत ५ गतेः नेपाल धितोपत्र बोर्डको आयोजनामा विभिन्न विश्वविद्यालयअन्तर्गत स्नातह तहमा अध्ययनरत विद्यार्थी बीच इफ्रम्ड फाइनान्सियल डिस्कसन इन द एज अफ सोसल मिडिया एन्ड एआई विषयमा साउथ एसियन इन्स्टिच्युट अफ म्यानेजमेन्ट (एसएआईएम) कलेज पुरानो बानेश्वरमा वक्तृत्वकला प्रतियोगिता सञ्चालन हुने। उक्त प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई क्रमशः रु. ३० हजार, रु. २० हजार र रु. १० हजार नगद पुरस्कार प्रदान गरिने ।
  • चैत ६ गतेः नेपाल धितोपत्र बोर्डको आयोजनमा काठमाडौं विश्वविद्यालय स्कुल अफ मानेजमेन्ट बालकुमारीमा फाइनान्सियल लिट्रेसी एन्ड कर्पोरेट गभर्नेन्स करेन्ट एन्ड इमर्जिङ इस्यु इन पीईभीसी विषयमा छुट्टाछुट्टै प्यानल डिस्कसन सञ्चालन हुने ।

यसैगरी धितोपत्र बोर्डको आयोजनामा देशका सातवटै प्रदेशमा बालबालिका तथा युवा विद्यार्थीलाई लक्षित गरी निम्न वित्तीय साक्षरता कार्यक्रम हुनेछः

चैत ४ गतेदेखि १० गतेसम्म देशका सातै प्रदेशमा नेप्से, सीडीएससी, स्टक डिलर, क्रेटिङ रेटिङ र प्रत्येक स्टक ब्रोकर कम्पनीको केन्द्रीय कार्यालय तथा शाखाबाट बालबालिका तथा युवा विद्यार्थीलाई लक्षित गरी देशभरका विभिन्न विद्यालय तथा कलेजमा वित्तीय साक्षरतासम्बन्धी कार्यक्रम सञ्चालन हुने धितोपत्र बोर्डले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS