IME Life New

पहिलो त्रैमासः यस्तो छ रु रु जलविद्युत परियोजनाको वित्तीय सूचक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । रु रु जलविद्युत परियोजना लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। कम्पनीले चालु आर्थिक वर्षको पहिलो ३ महिनासम्ममा ३ करोड २९ लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा ११.५८ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ३ करोड ७२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

५६ करोड ७३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा २४ करोड ५५ लाख रुपैयाँ सञ्चित छ।

Esewa
Crest

यस समीक्षा अवधिसम्ममा कम्पनीले ५ करोड ३३ लाख रुपैयाँ विद्युत बिक्री आम्दानी गरेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा पनि कम्पनीले त्यति नै विद्युत बिक्री आम्दानी गरेको थियो। समीक्षा अवधिमा कम्पनीको वित्तीय खर्च ४४.८२ प्रतिशतले घटेको छ ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ६ रुपैयाँ ९८ पैसा घटेर २३ रुपैयाँ २२ पैसामा झरेको छ। असोज मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १४३ रुपैयाँ २८ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २९.६७ गुणा रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS