IME Life New

अब नेपालमा पनि बिजुली नकाटेरै विद्युत प्रशारण लाइन मर्मतको काम शुरू

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल विद्युत प्राधिरकणले विद्युत प्रसारण तथा वितरण लाइनहरूमा विद्युत प्रवाह भइरहेकै अवस्थामा प्रशारण लाइन मर्मत संभारको काम शुरू गरेको छ।प्राधिकरणले ११ केभी र ३३ केभी क्षमताका विद्युत प्रसारण तथा वितरण लाइनहरूमा विद्युत प्रवाह भइरहेकै अवस्थामा मर्मत थालेर यसको सफलतापूर्वक परिक्षण गरेको हो।

प्राधिकरणको प्राविधिक टोलीले बुटवलका सडकहरूमा विद्युत प्रशारण र वितरण लाइनमा मर्मतको काममा सफलतापूर्वक परिक्षण गरेको हो।

Esewa
Crest

पूर्व मन्त्री कुलमान घिसिङले यो कार्यको शुरूवातले विद्युत प्रणालीलाई अझ आधुनिक, भरपर्दो र उपभोक्तामैत्री बनाउने दिशामा महत्वपूर्ण कदमको संकेत गरेकोमा शुखी व्यक्त गरे।

उनले आफू प्राधिकरणको कार्यकारी निर्देशकको जिम्मेवारीमा रहँदा नै लाइन नकाटेरै प्रशारण लाइन मर्मतका लागि विशेष उपकरण खरिद गर्ने, आवश्यक प्रविधि भित्र्याउने तथा प्राविधिक कर्मचारीहरूलाई विशेष तालिम प्रदान गर्न शुरू गरिएको स्मरण गराएका छन् ।

उनले भनेका छन्, त्यो प्रयासले आज व्यवहारिक रूप लिन थालेको देख्दा अत्यन्त खुसी लागेको छ।

यो प्रविधिको विस्तार देशैभर गर्न सक्दा सामान्य मर्मत सम्भारका लागि पटकपटक घण्टाैं सम्म विद्युत आपूर्ति नै बन्द गर्नुपर्ने अवस्थाको अन्त्य हुनेछ। यसबाट उद्योग, व्यवसाय, सेवा क्षेत्र र आम उपभोक्ताले अझ भरपर्दो तथा निरन्तर विद्युत सेवा प्राप्त गर्नेछन्।

यो अभ्यासलाई ११ र ३३ केभीमा मात्र सीमित नराखी उच्च क्षमताका प्रसारण लाइनहरूमा समेत क्रमशः विस्तार गर्दै लैजानुपर्ने सुझाव उनले दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS