काठमाडौं । ईदी हाइड्रोपावर कम्पनी लिमिटेडले बार्षिक साधारण सभा सम्पन्न गरेको छ । कम्पनीले आईपीओको एजेन्डा सहित आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षण भएको वित्तीय विवरण स्वीकृती, आर्थिक वर्ष २०८२/८३ को लेखापरीक्षकको नियुक्ती र निजको पारिश्रमिक स्वीकृती, व्यक्ती वा संस्थाहरुलाई रणनैतिक साझेदारको रुपमा संस्थापक शेयरधनी भित्राउनेलगायत प्रबन्ध पत्र तथा नियमावलीमा आवश्यक संशोधन सहितका प्रस्तावहरु पारित गरेको छ ।
साथै कम्पनीले निर्वाचन प्रक्रियाबाट सञ्चालक समिती समेत चयन गरेको छ । नयाँ सञ्चालक समितिमा युरेसमान कायस्थ, आनन्ध चौधरी, कृष्ण प्रसाद खाताखो, तीर्थराज पुरी र दिपिका प्रधान चयन भएका छन् ।
सभामा अध्यक्षले आगामी दिनहरुमा कम्पनीले अन्य आयोजनाहरुमा लगानी गर्दै जाने योजनासमेत रहेको सभा समक्ष जानकारी गराए ।
सभामा कम्पनीका सञ्चालक, शेयरधनी तथा अन्य आमन्त्रित अतिथिहरु उपस्थित थियो । यस कम्पनी अन्तर्गत सञ्चालनमा रहेको आयोजनाले मिती २०८२ बैशाख देखि विद्युत उत्पादन गरी बिक्री वितरण गर्दै आईरहेको छ ।


















