काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले शेयर बजारमा बुझेर र सचेत भएर मात्र लगानी गर्न सुझाव दिएको छ।
नेप्सेले एउटा चेतनामूलक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो। नेप्सेले सामाजिक सञ्जालमा प्राप्त राय वा सुझाव तथा सन्देशका भरमा शेयर बजारमा लगानी नगर्न आग्रह गरेको छ।
फेसबुक, टिकटक, ट्विटरलगायतका सामाजिक सञ्जालमार्फत आउने प्रस्तावका भरमा लगानी नगर्न नेप्सेले सुझाव दिएको छ।
नेप्सेले शेयर बजारमा कारोबार गर्दा लाइसेन्स प्राप्त शेयर ब्रोकरमार्फत गर्न पनि सुझाव दिएको छ।

















