IME Life New

छिट्टै तेल र ग्यासको मूल्य घट्ने डोनाल्ड ट्रम्पको भविष्यवाणी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अमेरिका र इरानबीचको तनावका कारण मध्यपूर्वको तनाव कम हुने कुनै संकेत देखिएको छैन र यससँग सम्बन्धित हरेक अपडेटले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल र ग्यासको मूल्यलाई असर गरिरहेको छ। हाल ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारल ९७ डलर नाघेको छ। जसले गर्दा विश्वव्यापी तनाव र महँगीको जोखिम बढिरहेको छ।

यी बढ्दो तेलको मूल्यका बीचमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार एक ठूलो विष्यवाणी गरे। उनले भने, ‘इरानसँगको युद्धमा अमेरिकाको जितले कच्चा तेलको मूल्यमा तीव्र गिरावट र ग्यासको मूल्यमा सम्भावित गिरावट आउनेछ।’

Esewa
Crest

इरानले आफ्ना सबैभन्दा ठूला उपभोक्ताका लागि ग्यासको मूल्य बढाएपछि ट्रम्पले यी दाबी गरेका थिए।

सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसियलमा हालैको एउटा पोस्टमा राष्ट्रपति ट्रम्पले बढ्दो ऊर्जा मूल्यलाई मध्य पूर्वमा चलिरहेको द्वन्द्वसँग जोडेका छन्। उनले भने, ‘अमेरिकाले यो युद्ध जित्नेछ र त्यसपछि बजारहरु स्थिर हुनेछन्।’

ट्रम्पले आफ्नो पोस्टमा लेखेका छन्, ‘यदि हामीले इरानसँग युद्ध जित्यौँ भने तेलको मूल्य तीव्र रुपमा घट्नेछ। ग्यासको मूल्य प्रतिग्यालन ३ डलरमा झर्नेछ तर अन्ततः प्रतिग्यालन २ डलरभन्दा तल झर्नेछ।’

तेल र ग्यासको मूल्यसम्बन्धी ट्रम्पको दाबी र भविष्यवाणी यस्तो समयमा आएको हो जब अमेरिका र इरानबीच तनाव बढेको छ। इरानी अधिकारीहरुले अमेरिकी कारबाहीको प्रतिक्रियामा देशको ऊर्जा पूर्वाधारमा हुने कुनै पनि आक्रमणको बदला लिने चेतावनी दिएका छन्।

आफ्नो पोस्टमा ट्रम्पले इरानलाई आणविक हतियार विकास गर्न दिइने छैन भनेर दोहोर्याएका छन्। उनले भने, ‘यो सबै चाँडै हुनेछ र इरानसँग कहिल्यै आणविक हतियार हुने छैन।’ –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS