काठमाडौं । तीन म्युचुअल फन्डको आर्थिक वर्ष २०८१।८१ को लाभांश घोषणा गरिएको छ।
सानिमा क्यापिटलले सञ्चालन गरेको सानिमा लार्ज क्याप फन्ड र सानिमा ग्रोथ फन्ड तथा कुमारी क्यापिटलले सञ्चलान गरेको कुमारी इक्विटी फन्ड, कुमार धनवृद्धि योजना र कुमारी सबल योजनाको लाभांश घोषणा गरिएको छ।
गत आर्थिक वर्षका लागि करसहित इकाइधनीहरुलाइृ सानिमा लार्ज क्याप फन्डमा २१.०५ प्रतिशत र सानिमा ग्रोथ फन्डमा १५.७९ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय क्यापिटलले गरेको छ। यो लाभांश वितरण प्रयोजनार्थ क्यापिटलले भदौ ६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको भदौ ६ गतेभन्दा अघिसम्म कायम इकाइधनीहरुले यी म्युचुअल फन्डको लाभांश पाउनेछन्।
यसैगरी कुमारी क्यापिटलले इकाइधनीहरुलाई करसहित कुमारी इक्विटी फन्डमा ११.५ प्रतिशत, कुमारी धनवृद्धि योजनामा १ण्.५० प्रतिशत र कुमारी सबल योजनामा ९ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ।

















