IME Life New

ढाका विमानस्थलको कार्गो भिलेजमा आगलागीः प्रभावित आयातकर्ताले बीमा दाबी गर्न नपाउने

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । गत शुक्रबार (अक्टोबर १८) मा ढाका विमानस्थलको कार्गो गाउँमा ठूलो आगलागी भयो। जसले सयौँ आयातकर्तालाई असर गर्यो।

यद्यपि, आफ्नो आयातित सामानका लागि एयर रिस्क ओन्ली क्लज नामक बीमा पोलिसी लिएका आयातकर्ताले आगलागीमा क्षतिग्रस्त सामानका लागि कुनै पनि बीमा दाबी प्राप्त गर्न नपाउने भएका छन्। एयर रिस्क ओन्ली क्लजका सर्तहरुअनुसार आयातित सामानहरु विमानमा चढेको समयदेखि ओर्लिएसम्म यो बीमाद्वारा समेटिएका हुन्छन्। एकपटक अनलोड गरिसकेपछि तिनीहरु फेरि बीमा कभरभित्र हुँदैनन्।

Crest

यसबाहेक एयर रिस्क ओन्ली क्लजले हवाई दुर्घटना, अपहरण र हवाईबाट सामान ढुवानीको क्रममा जबरजस्ती अवतरणबाट हुने क्षति जोखिम कभरअनुसार क्षतिपूर्ति दिइनेछ भनी बताउँछ। आगलागीमा सबैभन्दा बढी क्षतिग्रस्त आयातित सामानहरु औषधि उद्योग, मोबाइल फोन र कपडा क्षेत्रका थिए।

रंगपुरका आयातकर्ता मेसर्स महबुर रहमान पार्टिकल मिल्स लिमिटेडले चीनबाट ७ लाख ८३ हजार ४६४ टका (स्थानीय मुद्रा) मूल्यका सामान आयात गरेको थियो। उसले एलसीका सर्तहरुअनुसार सामानहरुको बीमा गरेको थियो। बीमा पोलिसीमा केवल एयर रिस्क उल्लेख गरिएको छ। यसको अर्थ उसले एयर रिस्कअन्तर्गत क्षतिग्रस्त सामानहरुका लागि कुनै पनि बीमा दाबी प्राप्त गर्ने छैन।

यस सम्बन्धमा मेसर्स महबुर रहमान प्याटिकल मिल्सका बीमा प्रबन्धक अबु बकर सिद्दीकीले भने, ‘बीमा बैंकहरुमार्फत गरिन्छ। बीमा प्रस्ताव गर्ने धेरै दलाल छन्। हामीसँग यसबारे धेरै जानकारी छैन।’

केवल एयर रिस्क भएको अर्को बीमा कम्पनी युनिग्लोरी पेपर एन्ड प्याकेजिङ लिमिटेड थियो। जुन टांगेलमा आधारित आयातकर्ता थियो। कम्पनीले ताइवानबाट ९४ हजार टाकाबराबरको सामान आयात गरेको थियो। सबै सामान आगलागीमा नष्ट भएका थिए।

युनिग्लोरी पेपर एन्ड प्याकेजिङका कैसर बीमा प्रबन्धकका अनुसार बीमा कम्पनीले सामानहरुको बीमा गरेको थियो। यद्यपि, उनले सामानहरुले कस्तो प्रकारको जोखिम कभर गरेको छ भनेर भन्न सकेनन्। कम्पनीले यो बीमाअन्तर्गत कुनै क्षतिपूर्ति पाउने छैन।

सीएनएफ एजेन्ट र आयातकर्ता एसजीएस कम्पनीका मसुद बकुलका अनुसार यस प्रकारको दुर्घटना पहिले कहिल्यै भएको थिएन। ‘त्यसैले तिनीहरुले बीमा लागत घटाउन एयर रिस्क खण्डमात्र रोजे’, उनले भने, ‘हामीले लागत घटाउन जानाजानी यो पोलिसी रोजेका छौँ।’

बीमा कम्पनीका सीईओहरुका अनुसार ग्राहकहरु कम लागतमा बीमा गर्न चाहन्छन्। त्यसैले धेरैजसो अवस्थामा तिनीहरुले एयर रिस्क खण्डमात्र रोज्छन्।

इस्टन इन्स्योरेन्सका सीईओ हसन तारेकका अनुसार ग्राहकहरुले यसको कभरेज सीमित भए पनि कम प्रिमियमका कारणले एयर रिस्क पोलिसी छनौट गर्छन्। उनले सुझाव दिए, ‘राम्रो सुरक्षाको लागि एयर अल–रिस्क’ पोलिसीलाई विचार गरिनुपर्छ। जसले सामान लोड गर्नेदेखि अनलोड गर्नेसम्मको सम्पूर्ण यातायात जोखिमलाई समेट्छ।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS