काठमाडौं । त्रिभूवन राजपथको नारायणगढ मुग्लिन सडक खण्डमा शनिबार राति १० बजेदेखि बन्द गरिएको सवारी आवागमन आवागमन बिहान खुलेसँगै सवारी दुर्घटना भएको छ।
सवारी आवागमन खुला भएसँगै राजमार्गको जलविरेमा ३ वटा सवारीसाधन एकआपसमा ठक्कर खाँदा ८ जना घाइते भएका छन् । दुर्घटनापि जलविरेमा उक्त सडकखण्ड अवरुद्ध हुन पुगेको छ ।
जिल्ला प्रशासन कार्यालय चितवनले माैसम पूर्वानुमान महाशाखाको पूर्वानुमानमा शनिबार र अाइतबार भारी वर्षा हुने भएकाले बाढी पहिरोको जोखिम देखाउँदै शनिबार राति १० बजेपछि नारायणगढ मुग्लिन सडक खण्डमा यातायात बन्द गर्न निर्देशन जारी गरेको थियो।
सडक डिभिजन कार्यालय भरतपुरले हतार नगरिकन, सिमित गतिमा र अन्य सवारी साधनलाइ नउछिनेर लेन अनुशासनमा रहि सवारीसाधन चलाउन चालकसँग अनुरोध गरेको छ।












