IME Life New

सम्पत्ति शुद्धिकरणको मुद्दामा अनुसन्धानका लागि पक्राउ परे एमाले उपाध्यक्ष पाैडेल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सम्पत्ति शुद्धिकरण विभागले अनुसन्धानका लागि भन्दै नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई सुर्खेतबाट नियन्त्रणमा लिएको छ। पार्टी सम्बद्ध श्रोतका अनुसार, पौडेल सुर्खेतमा एमालेको निर्वाचन समिक्षा र संगठन पुनर्गठन कार्यक्रममा सहभागीताका लागि गएका बेला पक्राउ परेका हुन ।

विभागको पत्रका आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको टोलीले उनलाइ पक्राउ गरेको थियो ।

Esewa
Crest

पाैडेलविरूद्ध सम्पत्तिको श्रोत नखुलेको सम्पत्ति आर्जन गरेको र शेयर कारोबार शंकास्पद देखिएको भन्दै अनुसन्धानको लागि पक्राउ गरिएको विभागको दाबी छ।

एमाले सचिव महेश बस्नेतले पार्टी उपाध्यक्ष पक्राउको विरोध गर्दै सरकारले अनुसन्धान पछि ठोस प्रमाण र आधारका भरमा मात्र धरपकड गर्नुपर्ने माग गरेका छन् ।

पाैडेललाइ यसअघि पनि जेन जी आन्दोलनका क्रममा अनावश्यक बल प्रयोग गरेर प्रदर्शनकारीको ज्यान लिएको आरोपमा अहिलेकै सरकारले पक्राउ गरेको थियो। यद्दपी उनीविरूद्ध ठोस प्रमाण जुटाउन नसकेपछि केही दिनको प्रहरी हिरासतपछि अदालतले उनलाइ साधारण तारेखमा रिहा गरिदिएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS