IME Life New

नेको इन्स्योरेन्सको लगानी रहेको सुपर सेती जलविद्युत आयोजनालाई सानिमा बैंकको अगुवाइमा सहवित्तीयकरण कर्जा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एसएन इनर्जीले गण्डकी प्रदेशअन्तर्गत कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिकामा निर्माणाधीन सुपर सेती जलविद्युत आयोजनाका लागि सानिमा बैंकको अगुवाइमा सहवित्तीयकरण कर्जा उपलब्ध हुने भएको छ।

नेको इन्स्योरेन्सको लगानी रहेको आयोजनालाई सानिमा बैंकको अगुवाइमा सिद्धार्थ बैंकसमेतको सहभागितामा सहवित्तीयकरण कर्जा उपलब्ध हुने भएको हो। यसका लागि सानिमा बैंकबाट रु. २ अर्ब ५० करोड र सिद्धार्थ बैंकबाट रु. १ अर्ब २८ करोड कर्जा प्रवाह गर्न आज एसएन इनर्जीका पदाधिकारी र बैंकहरुबीच वित्तीय व्यवस्थापन सम्झौता सम्पन्न भएको छ।

Esewa
Crest

यो आयोजना २४ मेगावाटको हो। गत फागुन १८ गतेबाट आयोजनाको निर्माणकार्य सुरु भएको छ। ऊर्जालाई खेर जान नदिन कम्पनीले परियोजनालाई निर्माण अवधिभित्र ३० मेगावाटमा स्तरोन्नति गर्ने प्रक्रिया प्रारम्भ गरिसकेको छ। परियोजनाको निर्माण अवधि ३ वर्षको हुने र ३ वर्षपश्चात २०८४ कात्तिकबाट उत्पादन सुरु गर्ने लक्ष्य कम्पनीले राखेको छ।

हाल परियोजनाको निर्माणकार्य द्रुततर गतिमा अघि बढिरहेको छ। यस परियोजनाको निर्माण लागत कुल रु. ५ अर्ब ४ करोड रहेको छ भने प्रतिमेगावाट लागत रु. २१ करोड रहेको छ। तर, स्तरोन्नतिपश्चात प्रतिमेगावाट लागत करिब रु. २ करोडले घटेर प्रतिमेगावाट रु. १९ करोड हुने कम्पनीको अनुमान छ।

आयोजना निर्माण र सञ्चालनका लागि आवश्यक पर्ने पुँजीको ब्यवस्थापन २५प्रतिशत संस्थापक लगानीकर्ताबाट र ७५ प्रतिशत बैंक कर्जाबाट गरिनेछ। निश्चित समयावधिपश्चात यस आयोजनाका स्थानीय बासिन्दा तथा शेयरको प्रारम्भिक निष्कासनपश्चात आमसर्वसाधारण नागरिकले शेयरधनीका रुपमा अपनत्व ग्रहण गर्न पाउने कम्पनीले जनाएको छ।

आयोजनाको संस्थापक लगानीकर्तामा देशको प्रतिष्ठित निर्जीवन बीमा कम्पनी नेको इन्स्योरेन्सले हालकायम पुँजीको २० प्रतिशत लगानी गरी परियोजनाको प्रवर्द्धन गरेको छ भने अन्य लगानीकर्तामा ऊर्जा विकासमा लामो अनुभव हासिल गरेका सफल ऊर्जाउद्यमीहरु छन्। जसमा अन्य जलविद्युत परियोजनाहरुको सफल सञ्चालन गरिसकेको अनुभव छ।

कम्पनीको सञ्चालक समितिको अध्यक्षमा नेको इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोककुमार खड्काले प्रतिनिधित्व गरिरहेको छ। नेको इन्स्योरेन्सको लगानी तथा ऊर्जा क्षेत्रको अनुभवी ब्यक्तित्वले नेतृत्वदायी भूमिका रहेको हुँदा आयोजनाको निर्माणकार्य अनुमानित लागतमा तोकिएको अवधिभित्र पूरा भई उत्पादन कार्य प्रारम्भ हुनेमा विश्वस्त हुन कम्पनीले आग्रह गरेको छ।

उत्पादन प्रारम्भ भएपछि त्यसको राष्ट्रिय वितरण प्रणालीमा जोड्ने योजना सुनिश्चित भइसकेको र नेपाल विद्युत प्राधिकरणसँग ऊर्जा खरिद सम्झौतासमेत सम्पन्न भइसकेको छ। परियोजना निर्माण सम्पन्न भई उत्पादन प्रारम्भ भएपश्चात यस परियोजनाबाट यसका लगानीकर्ताहरुमात्र लाभान्वित हुने नभई आमस्थानीय बासिन्दाले पूर्वाधार विकासका रुपमा, राज्यले विभिन्न शीर्षकबाट प्राप्त गर्ने राजश्वका रुपमा, सर्वसाधारणले रोजगारीका रुपमा लाभान्वित हुनुको साथै देशको उर्जामा योगदान भई कुल राष्ट्रिय उत्पादन वृद्धिमा महत्वपूर्ण योगदान कम्पनीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%
happy

खुसी

0%
sad

दु :खी

33%
amazed

अचम्मित

33%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS