IME Life New

माथिल्लो ठूलो खोला जलविद्युत् आयोजनाको सिभिल र हाइड्रो मेकानिकलतर्फका कार्य सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कन्स्ट्रक्सन क्षेत्रमा आफ्नै छुट्टै पहिचान बनाउन सफल देव ऊर्जा कन्स्ट्रक्सन लिमिटेडले २२.५ मेगावाट क्षमताको माथिल्लो ठूलो खोला जलविद्युत् आयोजनाको सिभिल र हाइड्रो मेकानिकलतर्फका सबै मुख्य कार्यहरू सम्पन्न गरेको छ ।

देव ऊर्जा कन्स्ट्रक्सनले सिभिल र हाइड्रो मेकानिकलतर्फ कार्यहरु २०८१ फागुन मसान्तसम्म सम्पन्न गरी इलेक्ट्रोमेकानिकल टोलीलाई हस्तान्तरण समेत गरि सकेको छ । माथिल्लो ठूलो खोला ‘ए’ जलविद्युत् आयोजनाको इलेक्ट्रोमेकानिकल कार्य भने हाल भारतको बीएफएल कम्पनीले गरिरहेको छ ।

Esewa
Crest

आयोजना निर्माण गर्ने क्रममा प्रत्येक वर्ष करिब चार महिनासम्म “मालाङ” भनिने स्थानमा पहिरो जाँदा काम पूर्ण रूपमा अवरुद्ध हुने अवस्था आउने थियो देव ग्रुप अफ कम्पनीका प्रमुख कार्यकारी अधिृकत नविन सिलवालले भने–“आयोजना निर्माण अवधिभर हेडवक्र्स र पावरहाउस क्षेत्रमा पनि विभिन्न समयमा पहिरो जाँदा तथा वर्षात र हिउँका कारण विभिन्न किसिमका अवरोधहरू आउँदापनि देव ऊर्जा कन्स्ट्रक्सनको दृढ विश्वास, अथक मेहनत र निरन्तर प्रयासका कारण हामी तोकिएको समय अगाबै सिभिल र हाइड्रो मेकानिकलतर्फका कार्य सम्पन्न गरी इलेक्ट्रोमेकानिकल टोलीलाई सफलतापूर्वक हस्तान्तरण गर्न सफल भएका छौं ।”

माथिल्लो ठूलो खोला जलविद्युत् आयोजनाको सिविल तथा हाइड्रो मेकानिकल कार्यको सुरुवात औपचारिक रूपमा २०७९ साल फागुन १५ गते भूमिपूजन कार्यक्रम गरी गरिएको थियो। त्यसपश्चात् सिविल संरचनाको मुख्य कार्य देव ऊर्जा कन्स्ट्रक्सन तर्फबाट २०८० साल वैशाख महिनादेखि सुरु गरिएको हो।

यस अयोजना २०८२ सालको असोज २८ गते निर्माण सम्पन्न गर्ने मिति तोकिएको भएतापनि त्यो भन्दा पहिले नै आयोजना सम्पन्न गरी राष्ट्रिया प्रशारण लाइनमा जोड्न सफल हुने कम्पनीका वित्तीय प्रमुख प्रदिप खतिवडाले जानकारी दिए । ठूलो खोला हाइड्रोपावर लिमिटेडले निर्माण गरिएको यस आयोजनामा ३ अर्ब ९४ करोडको लागत अनुमान गरिएको छ ।

जसमा ७५ प्रतिशत ऋण र २५ प्रतिशत स्वपुँजी हुनेछ । सिटिजन्स बैंकको अगुवाइमा कृषि विकास र माछापुछ्रे बैंकले यस अयोजनामा लगानी रहेको छ । यो आयोजना माग्दी जिल्ला रघुगंगा गाउँ पालिका वडा नम्वर ८ मा धमाधम निर्माण भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS