काठमाडौं । पछिल्लो समय उपहार दिने प्रचलन बदलिएको छ । अहिले जीवनभर हुने बीमा पोलिसी उपहार दिने चलन बढेको छ । आजकल बिहे, ब्रतबन्द, पास्नी, जन्मदिनको अवसरमा बीमा योजना उपहार दिने चलन एकदमै बढेको छ। यसैबीच पोखराका अमृत नेपालले आफ्नो श्रीमती चन्द्रकला थापा नेपालको जन्मदिनमा बीमा पोलिसी उपहार दिएका छन् ।
उनले प्रभु माहालक्ष्मी लाइफ इन्स्योरेन्स पोखरा न्युरोड शाखा कार्यालयबाट २५ लाखको साबधिक जीवन बीमा पोलिसी दिएका हुन् ।
आफ्नो जन्मदिनमा पाएको बीमा योजना, जस्ले हरेक वर्षको खर्च काटेर बचत गर्न प्रेरित गर्नुका साथै भइपरी आउने आर्थिक संकटलाइ पनि टार्ने सामर्थ्य राख्ने हुनाले बीमा पोलिसी उपहार पाएकोमा उनले खुशी व्यक्त गरिन्।

















