काठमाडौं । पछिल्लो समय जीवन बीमालाई विभिन्न जन्मोत्सव, विवाह, वर्षगाँठ तथा जन्मोत्सवमा बीमा पोलिसी उपहार दिने प्रचलन बढेको छ । यसैबीच प्रेमबहादुर कामीले आफ्नो श्रीमती चन्द्रा कामीलाई बीमा पोलिसी उपहार दिएका छन् । उनले सन नेपाल लाइफ जोगबुडा उपशाखा कार्यालयबाट आफ्नो २१औँ विवाह उत्सवको अवसरमा ५ लाख रुपैयाँको बीमा पोलिसी उपहार दिएका हुन् ।
सो उपशाखाका अभिकर्ता रविबहादुर बिक जोगबुडा उपशाखा प्रमुख वीर बहादुर खाती र उपशाखाकै कर्मचारी वीरबहादुर भण्डारी लगायतको उपस्थितमा सो पोलिसी दिएको हो ।
आफ्नी श्रीमतिको जिम्मेवारी, जोखिम हेरि पारिवारिक भविष्यका लागि लागि आवश्यक रहेको भन्दै उनले सन नेपाल लाइफको बीमा पोलिसी उपहार स्वरुप दिएका हुन्।

















