काठमाडौं । नेपाल राष्ट्र बैंकले अनिवार्य नगद मौज्दात कायम गर्न असफल भएका ३ वटा विकास बैंकलाई कारबाही गरेको छ। केन्द्रीय बैंकले ती बैंकलाई नगद जरिवाना गरेको हो।
कारबाहीमा पर्नेमा सिन्धु विकास बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक र मितेरी डेभलपमेन्ट बैंक छन्। यी बैंकहरुले २०८२ पुस १३ गतेदेखि फागुन ९ गतेसम्मको अवधिका लागि अनिवार्य नगद मौज्दात कायम नसकेको राष्ट्र बैंकले जनाएको छ।
कारबाहीमा परेका सिन्धुलाई २.८४ रुपैयाँ, सप्तकोशीलाई १० हजार २५३.८५ रुपैयाँ र मितेरीलाई १८ हजार ५०५.७१ रुपैयाँ नगद जरिवाना गरिएको छ। यो कारबाही राष्ट्र बैंकको राष्ट्र बैंक सुपरिवेक्षण विभागले गत आर्थिक वर्षको तेस्रो त्रैमासमा गरेको हो।












